जिल्ला बचत संघ नवलपरासी (वसुपू) को २९औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ नवलपरासी (वसुपू) को २९औं वार्षिक साधारण सभा सम्पन्न

कावासोती । जिल्ला बचत तथा ॠण सहकारी संघ लि.नवलपरासी (वसुपू) को २९ औ वार्षिक साधारण सभा संघका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता, नेफ्स्कूनका संचालक सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ लि, नवलपरासी (व सु पूर्व) का अध्यक्ष तिलक प्रसाद पराजुलीको विशिष्ट आतिथ्यतामा विभिन्न प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ ।  

सभामा प्रमुख अतिथि नेफ्स्कूनका संचालक सदस्य घनश्याम अधिकारीले छाता संगठनको रूपमा रहेको जिल्ला संघले व्यावसायिक काम गर्नु पर्ने भन्दै तालिम तथा साझेदारी कार्यक्रमको लागि नेफ्स्कून प्रतिबद्ध रहेको भनाइ राख्नुभयो। उहाँले कर्जा सूचना केन्द्र छिट्टै कार्यान्वयनमा आउँने जानकारी पनि गराउनुभयो । जिल्ला सहकारी संघ लि. का अध्यक्ष तिलक प्रसाद पराजुलीले चुनौतीले समाधान पनि ल्याउने भएकोले सहकारी शिक्षालाई अगाडी बढाउन जोड दिदै  मनिटरिङ प्रणालीलाई आत्मसात गर्नु पर्ने सुझाव दिनु भयो।

संघका पूर्व अध्यक्ष एवं सल्लाहकार माधव प्रसाद गौतमले सहकारी अर्थतन्त्रको एउटा खम्बा भएकोले मजबुत बनाउन पर्ने शुभकामना दिनु भयो। सभामा विभिन्न विधामा उत्कृष्ट संस्थाहरलाई पुरस्कृत गरिएको थियो। संघका सचिव देवराज पौडेलले सहजीकरण गर्नु भएको कार्यक्रममा उपाध्यक्ष बद्रीनाथ नेपालले स्वागत गर्नुभएको थियो । संघका पूर्व अध्यक्ष एवं सल्लाहकार माधव प्रसाद गौतम, संसथापक कोषाध्यक्ष एवं सल्लाहकार ओम कुमारी महत्तो, सल्लाहकार धर्मदत्त भुसाल, जिल्ला सहकारी संघ लि. का सचिव श्याम सुन्दर लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजक छविलाल अर्याल, युवा स्वरोजगार तथा साना व्यवसायी कोष जिल्ला समन्वय समिति सदस्य सचिव प्रितम भुजेल, जिल्ला सहकारी कर्मचारी समाजका अध्यक्ष नरभुपाल भुसाल, कावासोती नगर सहकारी संजालका संयोजक कृष्णराज सिग्देल विशेष अतिथि र अतिथि रहेको कार्यक्रममा सचिव देवराज पौडेलले संचालक समिति को प्रतिवेदन, कोषाध्यक्ष राम प्रसाद काफ्लेले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक छविलाल अर्यालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कोषाध्यक्ष राम प्रसाद काफ्लेले सबैमा धन्यवाद ज्ञापन गर्नु भयो। सभाको बन्द सत्रमा विभिन्न प्रस्तावहरू, नीति तथा कार्यक्रम पारित गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप