दोस्रो चिनारी दौड प्रतियोगिता सम्पन्न, मनोज तामाङ र हृदय राई विजयी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोस्रो चिनारी दौड प्रतियोगिता सम्पन्न, मनोज तामाङ र हृदय राई विजयी

काठमाडौं । गोकर्णेश्वरस्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले युवा सदस्यहरु लक्षित दोश्रो चिनारी दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना सेयर सदस्यलाई लक्षित गरेर चिनारी साकोसले आयोजना गरेको पुरुष तर्फको दौडमा मनोज तामाङ र महिला तर्फको दौडमा हृदय राई प्रथम भएका हुन् ।

पुरुषतर्फ मनोज तामाङ २४ मिनट ३० सेकेन्डमा दौड पुरा गर्दै प्रथम भए भने दोश्रो हुने कृतिम श्रेष्ठले २७ मिनेट ३० सेकेन्ड र तेश्रो हुने सुर्य वहादुर कार्कीले २८ मिनेट ८ सेकेन्डमा दौड पूरा गरेका थिए । त्यस्तै महिला तर्फ हृदय राईले १९ मिनट २२ सेकेन्डमा दौड पूरा गरेकी थिईन भने दोश्रो हुने श्रेया श्रेष्ठले २२ मिनट ४७ सेकेन्ड र तेश्रो हुने जमुना श्रेष्ठले २४ मिनट २१ सेकेन्डमा दौड पूरा गरेकी थिईन् ।

प्रतियोगिताका प्रथम हुनेलाई मेडल प्रमाणपत्र सहित नगद रु १० हजार, दोश्रो हुनेलाई मेडल प्रमाणपत्र सहित ५ हजार र तेश्रो हुनेलाई मेडल प्रमाणपत्र सहित नगद रु ३ हजार प्रदान गरिएको थियो। टप १० लाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा ओलम्पियन तथा किर्तिमानी धावक बैकुण्ठ मानन्धरले धावकहरुलाई दौड प्रतियोगिता अगाडि उत्प्रेरणा जगाउनुभएको थियो । कार्यक्रमको समापन समारोहका सभापति एवम् चिनारी साकोसका अध्यक्ष न्हुछे नारायण श्रेष्ठले विजेतालाई बधाई तथा शुभकामना दिँदै चिनारी सकोस समुदायमा सधै क्रियाशील रहने बताउनुभयो । आफ्ना सदस्हरुलाई स्वस्थ बनाउन कार्यक्रम आयोजना गरिएको संस्थाका प्रबन्धक प्रेम श्रेष्ठले बताउनुभयो । कार्यक्रमलाई उत्तरबाहिनी बोर्डिङ स्कुल र चिनारी नेपालले प्राविधिक सहयोग गरेक थिए । चिनारी साकोस ३५ सय सदस्य भएको काठमाडौंको उत्तरपुर्वी भेगको प्रतिष्ठित बचत तथा ऋण सहकारी संस्था हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप