चितवन जिल्ला बचत संघको २४औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन जिल्ला बचत संघको २४औं वार्षिक साधारण सभा सम्पन्न

चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि भरतपुर महानगरपालिका १० चितवनको २४औं वार्षिक साधारण सभा संघका अध्यक्ष विद्या कोइरालाको अध्यक्षता तथा बागमती प्रदेश, स्वास्थ्य मन्त्री माननीय उत्तम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकाल, उपाध्यक्ष तथा संघका सल्लाहकार शान्ती अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक एव संघका सल्लाहकार नवराज सापकोटा, बागमती प्रदेश सहकारी संघका कोषाध्यक्ष टिकाराम भटराई, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिका संचालक सदस्य एवं संघका सल्लाहकार तेजेन्द्रबहादुर खडका, जिल्ला सहकारी संघ लिका उपाध्यक्ष प्रेम दवाडी, सहकारी तथा रोजगार प्रवद्र्धन शााखा भरतपुरका प्रमुख रोजी के.सी विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले साकोस शुद्धीकरण र सबलीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले त्यसका लागि सञ्जाल सम्बन्धलाई नेफ्स्कूनले विशेष महत्व दिएको भन्दै सुशासनको विषयलाई उच्च प्राथमिकता राखेको बताउनुभयो । त्यसैगरी, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले पनि साकोस अभियानलाई सबल र सुदृढ बनाउँदै लानुपर्ने भन्दै सञ्जाल सम्बन्धको प्रबलीकरणमा जोड दिनुभयो ।

उक्त सभामा गत आर्थिक वर्षमा संघमा कारोबार गर्ने सदस्य साकोसहरुलाई उत्कृष्ट छ विधामा सम्मानित गरिएको थियो । ऐच्छिक बचत तर्फ, आदर्श साकोस भरतपुर, मासिक बचत तर्फ सुनचाँदी साकोस, नारायणगढ, आवधिक बचत तर्फ, हिमाली ब्राह्मी महिला साकोस भरतपुर, उत्कृष्ट लगानीकर्ता सम्मान जेएमसी साकोस, भरतपुर, शेयर लगानीतर्फ सिद्धी विनायक साकोस भरतपुर, उत्कृष्ट सेवा उपयोग सम्मान फेन्सी साकोस नारायणगढ रहेका छन । सहकारी अभियानमा महत्वपूर्ण योगदान गर्ने संघका निवर्तमान अध्यक्ष हरिश्चन्द्र सुवेदी र निवर्तमान सचिवलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका  अध्यक्षले सम्पूर्ण अतिथीहरु र सदस्य साकोसका प्रतिनिधिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रम संचालन एवं संघको निति तथा कार्यक्रम सचिव सुदिप रेग्मीले प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक मिनप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन र आगामी कार्यक्रम र बजेट कोषाध्यक्ष गोविन्द भट्टराईले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष इश्वरी शर्मा ढकालले कार्यक्रम समापन गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप