सामुदायिक र किसान साकोसबीच भगिनी सम्बन्ध स्थापना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक  र किसान साकोसबीच भगिनी सम्बन्ध स्थापना

काभ्रे । काभ्रेपलाञ्चोकको सामुदायिक साकोस र नवलपुरको किसान साकोसबीभ भगिनी सम्बन्ध स्थापना भएको छ । सहकारी ऐन २०४८ बमोजिम मिति २०५१ माघ १४ गते स्थापना भई, ५२ हजार शेयर सदस्य र ४ अर्ब ५६ करोडको कुल सम्पत्ती र १४ वटा सेवाकेन्द्र सञ्चालन गरेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५२ असार १५ गते स्थापना भई ८० हजार शेयर सदस्य र ३ अर्ब ६७ करोडको कुल पुँजी, २४ वटा सेवाकेन्द्र सञ्चालन भएको किसान बचत तथा ऋण सहकारी संस्था लि. बिच २०८० मंसिर २५ गते सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालय पनौती ४, काभ्रेपलाञ्चोकमा भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भएको छ । सम्झौतामा सामुदायिक साकोसको तर्फबाट अध्यक्ष प्रकाश बन्जारा र किसान साकोसको तर्फबाट अध्यक्ष भोजराज पौडेलले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक साकोसका पूर्व अध्यक्ष शम्भुलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतको उपस्थिति रहेको थियो भने किसान साकोसका पूर्व अध्यक्ष गोपाल प्रसाद गौतम र प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीको उपस्थिति रहेको थियो । सहकारी सिद्धान्त अनुरुप एक आपसमा सद्भाव, सहकार्य र पारस्परिक सहयोगको निम्ति एक संस्थाले गर्दै आएको असल अभ्यासहरु, भोगेका समस्या र समाधानका उपायहरु लगायत नीति, विधि र प्रविधिमा एकरुपता कायम गर्ने उद्देश्यले भगिनी सम्बन्ध कायम गर्न सम्झौता गरिएको हो ।

दुबै साकोस स्थापनाकाल देखि नै समुदायमा आधारित रही सहकारी ऐन, नियमावली, निर्देशन, निर्देशिका बमोजिम सञ्चालित रहेका सहकारी संस्थाहरु हुन् । यसैगरी, नेफ्स्कूनका सदस्य दुबै साकोस विभिन्न समयमा संस्था विकास र सदस्य हितका लागि केन्द्रीय संघले सञ्चालन गरेको कार्यक्रमहरुमा सहभागी भई समुदायमा उत्कृष्ठ कार्यसम्पादन गर्दै आएका छन् । एशियाली ऋण महासंघबाट सञ्चालित एक्सेस कार्यक्रममा सहभागी भई विगतमा ब्राण्ड प्राप्त गरिसकेका दुबै साकोस विभिन्न निकायहरुबाट विभिन्न समयमा उत्कृष्ठता कायम गर्दै विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्न सफल संस्था हुन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप