सिद्धि गणेश साकोसको ३०औं स्थापना दिवसमा आँखा शिविर तथा रक्तचाप परिक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसको ३०औं स्थापना दिवसमा आँखा शिविर तथा रक्तचाप परिक्षण 

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३०औं स्थापना दिवसको अवसरमा सेवा केन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजना तथा सामुदायिक आँखा केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा एकदिने आँखा शिविर तथा रक्तचाप परिक्षण कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ४ मंगलाछे, दुमलाचामा सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमूख अतिथि एवं वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले संस्थाले आर्थिक कारोवारका  साथै सदस्यहरुको सुविधाको लागि स्वास्थ्य क्लिनिक र विभिन्न शिविरहरु मार्फत सामाजिक सेवाहरु दिइरहेको संस्थाको राम्रो पक्ष भएको बताउनुभयो । सुवालले भक्तपुर नगरबासीहरुको जीवनस्तर उकास्न नगरपालिकाले  शिक्षा, स्वास्थ्य , खेलकुद, साँस्कृतिक तथा रोजगारमूलक क्रियाकलापहरु गरी रहेको प्रकाश पार्नुभयो । नगरपालिकाले गरेको प्रगतिबारे विदेश सम्म चर्चा भएको र समय समयमा विदेशीहरु अध्ययन र अवलोकनमा आई रहेको जानकारी गराउनुभयो । 

उहाँले हाल भक्तपुरका सहकारीहरुमा समस्या उत्पन्न हुनुको मुख्य कारण जनमानसमा सहकारी शिक्षाको अभाव रहेको बताउनुभयो । सहकारीको अध्ययन नगरी ब्याजको प्रलोभनमा परी कारोवार गर्ने बानीले गर्दा आफ्नो बचत असुरक्षित संस्थामा पर्ने भन्नुभयो । उहाँले यस्तै समस्याहरु हटाउन नगरपालिकाले नियमित अनुगमन गरी आवश्यक कारवाही पनि भइरहेको जानकारी गराउनुभयो । 

कार्यक्रमका अतिथि एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाको विकास र सेवा सुविधाबारे जानकारी गराउँदै संस्थाको प्रगति तथा कार्यशैलीको अध्ययन गर्न देश विदेशबाट सहकारीहरु भ्रमण आइरहेको बताउनुभयो । उहाँले वर्तमानमा सहकारीहरुले उत्पादनशील क्षेत्र भन्दा अनुत्पादनशील क्षेत्रमा नियम विपरीत गरीरहेकै कारण संस्थाहरुमा तरलताको समस्या आइरहेको भन्नुभयो । लाखाले सिद्धि गणेश साकोसमा ती कुनै समस्या नरहेको बताउँदै संस्थाको ३० औं स्थापना दिवसको अवसरमा हुुने अन्य कार्यक्रममा पनि सहभागी हुन आग्रह गर्नुभयो ।

शिविरका अतिथि, सामुदायिक आँखा केन्द्र भक्तपुरका इन्चार्ज धिरज अधिकारीले जेष्ठ नागरिकहरुले समय समयमा आँखाको परिक्षण गराई रहनु पर्ने भन्नुभयो । उहाँले बढ्दो उमेर सँगै उच्च रक्तचाप तथा चिनी रोगको समस्या बढ्दै जाने जुन मोतिविन्दुको कारण बन्नसक्ने बताउनुभयो । मोतिविन्दु जस्तै आँखामा हुने अर्को समस्या जलविन्दु हो जसको बिरामीमा कुनै लक्ष्यण देखा पर्देन र यसको कुनै उपचार पनि छैन, अधिकारीले भन्नुभयो । उहाँले मोतिविन्दु भएमा शल्यकृया गरी आँखामा सुधार गर्न सकिने र यसको शल्यक्रिया सामुदायिक आँखा केन्द्रमा निःशुल्क रुपमा भई रहेको जानकारी गराउनु भयो । उहाँले विगतमा पनि संस्थाले विभिन्न शिविर आयोजना गर्दै आएको र आँखा सम्बन्धि कुनै पनि समस्या भए ,सामुदायिक आँखा केन्द्र, ख्वप अस्पताल अथवा आँखा शिविरमा आफ्नो आँखा परिक्षण गराउन आग्रह गर्नुभयो ।

कार्यक्रमका अतिथि संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमिति संयोजक तुल्सीदास दुमरुले जीवनमा सबै भन्दा ठुलो धन भनेकै आफ्नो स्वास्थ्य हो भन्नुभयो । उहाँले समाजमा हाल डिप्रेसन रोग धेरैमा देखा परेको हुनाले सो रोगबाट बच्न घरमा बसी मोबाइल चलाएर बस्नुको भन्दा समाजमा घुलमिल भएर सामाजिक क्रियाकलाप र खेलकुदमा समय बेतित गरेर बस्नुपर्ने सल्लाह दिनुभयो ।

शिविरका सभापति संस्थाका सञ्चालक सदस्य एवं सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक  राधेश्याम सैंजुले संस्थाको पृष्ठभुमी बारे जानकारी गराउनु भयो । उहाँले संस्थाको सेवासुविधा प्रवाह सह जगर्न २०६९ साल पुस २५ गते तेखापुखु सेवाकेन्द्र स्थापना भएको बताउनु भयो । उहाँले आफ्नो रगत पसिना बगाएर बचाएको रकम कुनै पनि सहकारीमा बचत गर्दा त्यस सहकारीको पूर्ण जनाकारी लिएर गर्नुपर्ने बताउनुभयो ।

१८८ जनाको सहभागीता रहेको उक्त शिविरमा १७ जना सहभागीलाई मोतिविन्दुको सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गराउन सुझाव दिइएको थियो । कार्यक्रममा संस्थाका कोषध्यक्ष जयराम गोर्खाली, व्यवस्थापक शिला गोसाई र उपसमितिका सचिव पुण्यराम कर्माचार्यले पनि बोल्नु भएको थियो ।     

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप