रामेछाप जिल्ला बचत संघको १६औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछाप जिल्ला बचत संघको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १६औं वार्षिक साधारण सभा संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा मंसिर ३० गते सम्पन्न भएको छ ।  सभामा प्रमुख अतिथि कडेलले समग्र देशलाई माथि उठाउने अभियान सहकारी भएको भन्दै सार्वजनिक, निजी र सहकारीको माध्यमबाट मात्र देश माथि उठाउन सकिने बताउनुभयो ।

सो अबसरमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक, नेफ्स्कूनका निवर्ततमान अध्यक्ष एवम् समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य डि बी बस्नेतले कुनै पनि सहकारीलाई कमी कमजोरी गर्ने छुट नभएको ले त्यस्ता कमजोरी गर्ने सहकारीहरुलाई कानुनि दायरामा ल्याएरै छाडने बताउनुभयो ।

कार्यक्रममा जिल्ला बचत संघ दोलखाका अध्यक्ष भुमिराज खड्का, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन थापामगर, जिल्ला वचत संघ रामेछापका सल्लाहकार गोबिन्द घिमिरे, उपाध्यक्ष नविन केसी, जिल्ला बचत संघ सिन्धुलीकी अध्यक्ष मिथिला घिमिरे, जिल्ला बचत संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

साधारण सभामा सम्मान पुरस्कार पनि प्रदान गरिएको छ । महिला सहकारी मध्ये उत्कृष्ट महिला साकोस श्री शिवालय महिला बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट कारोबार गर्ने श्री केवलेश्वर साकोस रामेछाप न पा , नियमित प्रतिवेदन संम्प्रेषण गर्ने तर्फ बुद्ध बचत तथा ऋण सहकारी संस्था मन्थली न पा फुलासी, संस्थागत विकास तर्फ साहारा वचत तथा ऋण सहकारी संस्था मन्थली न पा र जिल्ला वचत संघ का संस्थापक अध्यक्ष सोमेश थापा लाई उत्कृष्ट सहकारी अभियन्ताका रुपमा सम्मानित गरिएको थियो । 

साधारण सभाले कोषाध्यक्ष द्धारा प्रस्तुत संघको नाफा ४ लाख ९६ हजार ३ सय तथा २ करोड ५३ लाख ८२ हजार ७ रुपैया वरावरको आम्दानी र खर्चको विवरण पारित गरेको थियो । संस्थाका सचिव शिवराज श्रेष्ठले आफ्नो सांगठनिक प्रतिवेदन पेश गर्दै जिल्ला संघमा १ सय ७५ वटा बचत तथा ऋण सहकारी संस्था आबद्ध रहेको जानकारी दिनुभयो । यस वर्ष सो सङ्ख्या बढाएर १ सय ८० र्पुयाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काले जिल्लाका सबै बचत तथा ऋण सहकारी संस्थालाई संघको छातामा ल्याउनुपर्ने बताउनुभयो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप