मिलिजुली कालिञ्चोक साकोसमा सर्वसम्मत् सञ्चालक समिति, नवनिर्मित भवनको पनि उद्घाटन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसमा सर्वसम्मत् सञ्चालक समिति, नवनिर्मित भवनको पनि उद्घाटन 

दोलखा । चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृष्ण बहादुर गौतम निर्वाचित हुनुभएको छ । संस्थाको ३०औं वार्षिक साधारण सभाले गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाबाट सञ्चालक समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठ), सचिवमा ठाकुर प्रसाद पाठक, सहसचिवमा अर्जुन प्रसाद चौलागाई र कोषाध्यक्षमा सुरेशचन्द्र खड्का निर्वाचित  हुनुभएको हो । 

त्यस्तै सञ्चालक समितिको सदस्यमा देवेन्द्र अर्याल, लक्ष्मी थापा, नवराज रिजाल, पुष्कर कुमार श्रेष्ठ, अनिता खड्का श्रेष्ठ, बिनिता सुवेदी भण्डारी, रविलाल श्रेष्ठ, राजेश उप्रेती, रमेश चौलागाई, रुद्रजंग बुढाथोकी, शारदा थापा र सुजन काफ्ले निर्वाचित हुनुभएको छ । सभाले नारायण प्रसाद सापकोटाको संयोकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । समितिमा भीमसेन बस्नेत र फत्त बहादुर श्रेष्ठ सदस्य रहनुभएको छ । 

आर्थिक बर्ष २०७९/८० असार मसान्तसम्म संस्थाको शेयर पुँजी ७ करोड ८२ लाख ५२ हजार, बचत संकलन ९१ करोड ३ लाख र ऋण लगानी ९८ करोड २९ लाख ८५ हजार रहेको छ । संस्थाका विभिन्न कोषहरुमा गरी १२ करोड ६१ लाख ५५ हजार, स्थिर सम्पत्ति १० करोड ९७ लाख र बाह्य ऋण ११ करोड ३३ लाख रहेको छ । संस्थाको कुल वासलात १ अर्ब २६ करोड १० लाख पुगेको छ । संस्थामा २५ हजार ६५ जना सदस्य र ९ हजार २६९ जना बाल सदस्य गरी ३४ हजार ३३४ जना सदस्य पुगेका छन् ।

यसैबीच, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलको प्रमुख आतिथ्यतामा संस्थाले नवनिर्मित भवनको उद्घाटन समेत गरेको छ । नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको सपथ ग्रहण तथा ३०औ साधारणसभाको निर्णय पुस्तिका प्रमाणीत तथा समापन कार्यक्रमका अवसरमा पुस १ गते नवनिर्मित सुविधासम्पन्न भवनको समेत उद्घाटन गरेको हो । संस्थाका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सहकारी महासङ्घका सन्चालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेत, प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल, नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, संचालक जिबस राज खड्का, बागमती प्रोस्कुनकी उपाध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष, जिल्ला बचत संघ का अध्यक्ष, तामाकोसी गाउँपालिकाका अध्यक्ष लगायत विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु तथा सदस्यहरुको उपस्थिति मा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

संस्थाले संस्थाले ७ करोड ४२ लाख ४ हजार ५ सय ८२ रुपैयाँ ९२ पैसा (आन्तरिक सजावट सहित) खर्च गरेर भवन निमार्ण गरेको हो । भवनको स्ट्रक्चर निर्माणमा ५,६२,९७,२९९.२१ र आन्तरीक सजावटको लागि १,७९,०७,२८२.७६ गरी ७,४२,०४,५८२.९२ मा भवन निर्माण गरेको संस्थाले जनाएको छ । २०७५  साल भाद्र ७ गते बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलबाट भवनको शिलान्यास भएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप