रोचडेली अगुवाहरुले सहकारी स्थापना गरेको दिन आज
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रोचडेली अगुवाहरुले सहकारी स्थापना गरेको दिन आज

आज सन् २०२३ डिसेम्बर २१ । आजभन्दा करिब १ सय ८० वर्ष अघि (नयाँ अंग्रेजी वर्ष आउन मात्र केही दिन बाँकी रहेकोले) सन् १८४४ मा आधुनिक विश्व सहकारी इतिहासको औपचारिक थालनी भएको दिन । आजकै दिन उत्तरी बेलायतको ल्याङ्कसायरस्थित रोचडेल सहरको टोड लेन-३१ मा २८ जना स्थानीय अगुवा (रोचडेली अगुवा) हरुले सहकारी उपभोक्ता पसल ‘रोचडेल पायोनियर्स स्टोर’ सञ्चालन गरी बिश्वमा आधुनिक सहकारी अवधारणाको व्यावहारिक एवम् विविधत् सुरुवात गरेका थिए । रोचडेलको कटन मिलमा काम गर्ने २८ अगुवाहरुको सामुहिक प्रयासमा सहकारी सञ्चालनमा आएको थियो । यसैलाई नै आधुनिक सहकारीको पहिलो सफल संस्था मानिन्छ । रोचडेली अगुवाहरु र उनीहरुले जग बसालेको पृथक व्यवासायिक मोडेल दुबैलाई आधुनिक सहकारी अभियन्ता र व्यवसायको प्रोटोटाइपको रुपमा लिइन्छ ।

सहकारी प्रारुपमा पसल सञ्चालन गर्ने उक्त कार्यले विश्व सहकारी अभियानको आजको फैलावटको दरिलो जग बसाल्ने काम गरेको थियो । हुनत् टोड लेन अघि पनि सहकारी प्रारुपमा काम नभएको होइन तर तिनीहरु स्थायी र दिगो बन्न सकेका थिएनन् जुन विषयलाई अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले पनि उल्लेख गरेको छ । रोचडेली अगुवाहरुले खनेको जगले भने सहकारीको सैद्धान्तिक र व्यवाहारिक आधारशिला निर्माणको सुरुवात गरेको थियो । खासमा 'रोचडेल सोसाइटी अफ एक्वेटेवल पायोनियर्स' ले गुणस्तरयुक्त र मिसावटरहित खाद्य सामाग्रीहरुको सहज र सर्वसुलभ उपलब्धता गराएको थियो । 

पसलमा ५ वटा उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएका थिए । पूरानो ग्रेगोरियन क्यालेन्डर अनुसार डिसेम्बर २१ इसाई धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व क्रिसमस पनि पर्दथ्यो । रात करिब ८ बजेतिर रोचडेली अगुवाहरुको एक समूह र उनका परिवाजनहरु पसल शुभारम्भको औपचारिक कार्यक्रमका लागि भेला भएका थिए । जाडोको याममा त्यो दिनको तापक्रम एकदमै न्यून थियो । जब नजिकैको चर्चमा रहेको घन्टीले रातको ८ बजेको जनाउ दियो तब रोचडेली अगुवाहरुमध्येका एक जेम्स स्थिथिज्ले पसलको सटर खोलेका थिए भने पसलको झ्यालमा केही मैनबत्तीहरु बालिएका थिए । पसल खोल्दा कुनै प्रकारको ताली वा समारोह भएको थिएन ।

६ बोरा पीठो, चिनी, जहुँको आटा (ओट मिल)  एक बोरा, नौनी (बटर) र दुई दर्जन बत्ती (क्यान्डल, कुनै सन्दर्भ सामाग्रीहरुमा ४ वटा मात्र सामाग्री भएको र क्यान्डल नभएको पनि उल्लेख पाइन्छ) गरी हालको करिब २५ डलर बराबरको सामान पसलमा राखिएको थियो । २३ फिट चौडाइ र ५० फिट गहिराइको क्षेत्रफल ओगटेको पसलको सामान बिक्रीका लागि ३९१ स्क्वायर फिटको क्षेत्रफल मात्र प्रयोग गरिएको थियो भने बाँकी भण्डारण र बैठकका लागि प्रयोग गरिएको थियो ।

खासमा रोचडेली अगुवाहरुले पसलमा सामान भन्दा बढी सदस्यको प्रजातान्त्रिक र न्यायोचित सहभागितामा सदस्यहरुकै आर्थिक सामाजिक समृद्धिका लागि सहकार्यको सिद्धान्तमा आधारित उद्यम वा व्यवसाय गर्न सकिन्छ भन्ने आशा र भरोसा भर्ने काम गरेका थिए । सन् १८४० मा रोचडेलमा गरिएको जनगणना अनुसार त्यहाँको जनसंख्या २४४२३ थियो । पसल सञ्चालनमा इमान्दारी, पारदर्शिता, सम्मानका साथै मुनाफामा समुचित भागेदारीको कुरालाई बढी प्राथमिकता दिइएको कारण बिस्तारै त्यसले सबैको मन जित्दै गएको थियो ।

रोचडेली अगुवाहरुले प्रयोग गरेको पसललाई पछि मर्मत गरेर रोचडेल पायोनियर्स म्युजियम बनाइएको छ । उक्त म्युजियम आज संसारका सहकारीकर्मी, पत्रकार र शुभेच्छुकहरुको भ्रमणको रोजाइमा पर्दछ । बेलायतको रोचडेललाई विश्व सहकारीको राजधानी पनि भनिन्छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप