काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम

काभ्रे । काभ्रेस्थित आर्थिक विकास मित्र साकोसले पुस ५ गते बिहिवार २०औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा संस्थाको स्थापनाकाल देखि सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिमा रहेर कार्य गर्नु भएका पुर्व सञ्चालकहरुलाई सम्मान गर्ने कार्यक्रम, जेष्ठ सदस्य सम्मान कार्यक्रम र संस्थालाई आधुनिक प्रविधि सहितको सेवा उपलब्ध गराउन गर्न ट्याबलेट बैंकिङ र क्युआर कोड सहितको सेवाको शुभारम्भ गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्वमा सम्पन्न र्यक्रममा बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यता रहेको थियो। पाँचखाल नगर पालिकाका वडा अध्यक्षहरु, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरु,नगर भित्र संचालित बिभिन्न विषयगत सहकारीका अध्यक्षहरु तथा प्रतिनिधिहरुको आतिथ्यतामा सम्मन्न कार्यक्रमको संचालन संस्थाका सचिव राम प्रसाद कोइरालाले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष राजन कार्कीले सहभागीहरुलाइ स्वागत मन्तव्य राख्नुभएको थियो । 

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. २०६१ साल पौष ०५ का दिन पाँचखाल नगरपालिका वडा नं ४, पाँचखाल, तामाघाटमा स्थापना भएको थियो । संस्थाले काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र बनाई निति,विधि र प्रविधिहरुको उच्चतम प्रयोग गर्दै उत्कृष्टता हासिल गर्दै समुदायमा आधारित भएर आफ्ना कार्यक्रम संचालन गरिरहेको छ । संस्थाले वित्ती य कारोवारका माध्यमबाट सदस्यहरुलाई सेवा पुर्याउनुका साथै गैर वित्तीय कृयाकलापहरुबाटसमेत सामाजिक उत्तरदायित्वका कार्यहरु समेत गर्दै आएको  छ । संस्थाले आफ्ना सेवालाई गुणस्तरिय बनाइ संस्थागत सुशासनलाई कायम राख्न प्रोबेशन ब्राण्डिङ कार्यक्रममा सहभागी भएको साकोस हो ।  

यसैबीच, संस्थाले प्राप्त गरेको हालसम्मको उपलब्धि र सदस्यहरुको साथको लागि हार्दिक आभारसहित कृतज्ञता प्रकट गरेको छ । भविष्यमा समेत सदस्यहरुको संस्थाप्रतिको माया, भरोसा र निरन्तर सहयोगको अपेक्षा सहित सदस्यहरुको विश्वास र भरोसालाई टुट्न नदिई सेवामा समर्पित हुने प्रतिबद्धता समेत साकोसले व्यक्त गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप