नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा भोलि, सबै तयारी पूरा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा भोलि, सबै तयारी पूरा 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२औं वार्षिक साधारण सभा भोलि बिहान काठमाडौंमा शुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना पुस ७ र ८ गते हुने सभाका लागि व्यवस्थापन लगायत सबै तयारी पूरा भैसकेको छ । नेफ्स्कूनको निर्वाचनसहितको साधारण सभामा सहभागी हुन देशभरबाटै अधिकांश प्रतिनिधिहरु काठमाडौं आइसक्नुभएको छ भने उपत्यका आसपासका र बाँकी केही जिल्लाका भोलि बिहानसम्म आइसक्नुहुने बताइएको छ ।

साधारणसभाको कार्यक्रम अन्तर्गत पहिलो दिन भोलि उद्घाटन तथा बन्द सत्र रहेको छ भने दोस्रो दिन पर्सि निर्वाचन कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा नेफ्स्कून सम्मान तथा पुरस्कारसँगै नेपाल सरकारको मान्यताप्राप्त प्रोबेशन ब्राण्ड घोषणा तथा प्रदान गर्ने कार्यक्रम रहेको छ । 

पुस ८ गते दोस्रो दिन निर्वाचनको कार्यक्रम रहेको छ । संघको यो साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्नेछ । २०७६ सालमा सम्पन्न संघको २८औं वार्षिक साधारण सभाद्वारा निर्वाचित वर्तमान सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको ४ वर्षे कार्यकाल यसै वर्ष सकिने भएकाले नयाँ समितिका लागि पर्सि निर्वाचन हुन लागेको हो । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ ।

निर्वाचनका लागि संघको निर्वाचन उपसमितिको कार्यालयले भोलि नै अन्तिम मतदाता नामावली प्रकाशन तथा प्रथम पटक उम्मेदवारको नामावली प्रकाशनसँगै उम्मेदवारविरुद्ध दाबी विरोध र निर्णय सम्मका कामहरु सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

कार्यालयले भोलि अपरान्ह प्रथम पटक मतदाता नामावली प्रकाशन गर्नेछ । उपसमितिले साधारण सभा आयोजना स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित कार्यालयको सूचनापाटीमा नामावली टाँस गर्ने कार्यक्रम छ । 

नेफ्स्कूनको निर्वाचन निर्देशिका २०७० (संशोधन २०७६) दफा ९ सँग सम्बन्धित निर्वाचन कार्यतालिका अनुसार उपसमितिले भोलि अपरान्ह प्रथम पटक मतदाता नामावली प्रकाशन गर्नेछ । निर्वाचन कार्यतालिका अनुसार प्रथम पटक प्रकाशित मतदाता नामावली उपर दाबी विरोध र संशोधन पेश गर्न १ घन्टाको समयावधि उपलब्ध गराइनेछ । कार्यालयले भोलि नै अपरान्ह अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ भने त्यसपछि उम्मेदवारको दरखास्तका लागि समय उपलब्ध गराउनेछ । तोकिएको समयभित्र प्राप्त उम्मेदवारको दरखास्तसहित कार्यालयले उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्नेछ । उक्त नामावली उपर दाबी विरोध र निर्णयको काम सम्म भोलि सक्ने गरी कार्यालयले कार्यतालिका प्रकाशन गरेको छ । उम्मेदवारी फिर्तादेखि मतपरिणाम घोषणासम्मका बाँकी सबै काम पर्सिका लागि तय गरिएको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप