आज नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा सुरु हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा सुरु हुँदै

काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र शीर्ष निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० को ३२औं वार्षिक साधारण सभा आज बिहान काठमाडौंमा शुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस ७ र ८ गतेका लागि हुने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । नेफ्स्कूनको निर्वाचनसहितको साधारण सभामा सहभागी हुन देशभरबाटै अधिकांश प्रतिनिधिहरु काठमाडौं आइसक्नुभएको छ भने उपत्यका आसपासका र बाँकी केही जिल्लाका आजै सहभागी हुनुहुनेछ ।

साधारणसभाको कार्यक्रम अन्तर्गत पहिलो दिन आज उद्घाटन तथा बन्द सत्र रहेको छ भने दोस्रो दिन भोलि निर्वाचन कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा नेफ्स्कून सम्मान तथा पुरस्कारसँगै नेपाल सरकारको मान्यताप्राप्त प्रोबेशन ब्राण्ड घोषणा तथा प्रदान गर्ने कार्यक्रम रहेको छ । 

पुस ८ गते दोस्रो दिन निर्वाचनको कार्यक्रम रहेको छ । संघको यो साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्नेछ । २०७६ सालमा सम्पन्न संघको २८औं वार्षिक साधारण सभाद्वारा निर्वाचित वर्तमान सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको ४ वर्षे कार्यकाल यसै वर्ष सकिने भएकाले नयाँ समितिका लागि पर्सि निर्वाचन हुन लागेको हो । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ ।

निर्वाचनका लागि संघको निर्वाचन उपसमितिको कार्यालयले आज नै अन्तिम मतदाता नामावली प्रकाशन तथा प्रथम पटक उम्मेदवारको नामावली प्रकाशनसँगै उम्मेदवारविरुद्ध दाबी विरोध र निर्णय सम्मका कामहरु सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

कार्यालयले आज अपरान्ह प्रथम पटक मतदाता नामावली प्रकाशन गर्नेछ । उपसमितिले साधारण सभा आयोजना स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित कार्यालयको सूचनापाटीमा नामावली टाँस गर्ने कार्यक्रम छ । 

नेफ्स्कूनको निर्वाचन निर्देशिका २०७० (संशोधन २०७६) दफा ९ सँग सम्बन्धित निर्वाचन कार्यतालिका अनुसार उपसमितिले आज अपरान्ह प्रथम पटक मतदाता नामावली प्रकाशन गर्नेछ । निर्वाचन कार्यतालिका अनुसार प्रथम पटक प्रकाशित मतदाता नामावली उपर दाबी विरोध र संशोधन पेश गर्न १ घन्टाको समयावधि उपलब्ध गराइनेछ । कार्यालयले आज नै अपरान्ह अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ भने त्यसपछि उम्मेदवारको दरखास्तका लागि समय उपलब्ध गराउनेछ । तोकिएको समयभित्र प्राप्त उम्मेदवारको दरखास्तसहित कार्यालयले उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्नेछ । उक्त नामावली उपर दाबी विरोध र निर्णयको काम सम्म आजै सक्ने गरी कार्यालयले कार्यतालिका प्रकाशन गरेको छ । उम्मेदवारी फिर्तादेखि मतपरिणाम घोषणासम्मका बाँकी सबै काम भोलिका लागि तय गरिएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप