४ साकोसले पाए नेपाल सरकारको मान्यताप्राप्त प्रोबेशन ब्राण्ड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
४ साकोसले पाए नेपाल सरकारको मान्यताप्राप्त प्रोबेशन ब्राण्ड

काठमाडौं । यस वर्ष ४ साकोसले नेपाल सरकारको मान्यता प्राप्त पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम–प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७९/८० को प्रोबेशन अन्तिम परिक्षणमा सहभागी १२ मध्ये ४ साकोसले ब्राण्ड प्राप्त गरेका हुन् । यस वर्ष काठमाडौंको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि., ललितपुरको ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि., कास्कीको जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.तथा सल्यानको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. ले ब्राण्ड प्राप्त गर्न सफल भएका हुन् ।

उक्त साकोसहरुलाई नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा पुस ७ गते ब्राण्ड प्रदान गरिएको हो । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले साकोसका प्रतिनिधिहरुलाई ब्राण्ड प्रदान गर्नुभएको हो । प्रोबेशन कार्यक्रममा सफल साकोसहरुले नेपाल सरकार सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा प्रदान गर्ने प्रमाणीकरण चिन्ह (प्ल्याक) प्राप्त गरेका छन् । 

यस वर्ष ब्राण्ड प्राप्त गर्ने ३ प्रदेशका ४ जिल्लाका साकोस हुन् । बागमती प्रदेशका २ साकोसले ब्राण्ड प्राप्त गर्दा गण्डकी र कर्णाली प्रदेशका एक एक साकोसले ब्राण्ड पाए । बागमती प्रदेशको काठमाडौं र ललितपुर जिल्लाका दुई महिला साकोसले ब्राण्ड पाएका हुन् भने गण्डकी प्रदेशको कास्की जिल्ला र कर्णाली प्रदेशको सल्यान जिल्लाका दुई साकोस प्राबेशन ब्रान्डेड भएका हुन् । ब्राण्ड प्राप्त गर्नेमध्ये ३ साकोसको व्यवस्थापन प्रमुखको बागडोर महिलाकै काँधमा छ ।  

नेफ्स्कूनले सदस्य साकोसहरुको दिगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि नेपाल सरकारको मान्यताप्राप्त ब्राण्डिङ कार्यक्रम सञ्चालन गर्दै आएको हो । सहकारी विभाग लगायत सरोकारवालाहरुको सहकार्यमा विकास गरिएको प्रोवेशन कार्यक्रमको लोगो बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर चिन्हको रुपमा उद्योग विभागमा दर्ता समेत रहेको छ । प्रोबेसनमा सहभागिताः गुणस्तर सुनिश्चितता र व्यावसायिकता भन्ने भावनाका साथ नेफ्स्कूनले २०६९ सालदेखि प्रोबेशन ब्राण्डिङ कार्यक्रम सुरु गरेको हो । 

प्रोबेशन कार्यक्रममा सफल साकोसहरुले नेपाल सरकार सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा प्रदान गर्ने प्रमाणीकरण चिन्ह (प्ल्याक) प्राप्त गर्दछन् । यसले साकोसहरुको वित्तीय अवस्था मापन एवम् सुनिश्चिताको लागि विशेषत दुईवटा क्षेत्र र तिनको परिक्षणका लागि पल्र्स र हिमाल औजार प्रयोग गर्दछ । वित्तीय क्षेत्र मापनका लागि पल्र्स र व्यवस्थापकीय कुशलता मापनका लागि हिमाल विश्लेषण प्रणाली प्रयोग गरिन्छ । पल्र्सका २५ आधारभूत सूचक र हिमालका २५ सूचकको आधारमा साकोसहरुको गुणस्तर मापन गरिन्छ । बचत तथा ऋण सहकारीहरुका लागि विकास गरिएको हालसम्म यो एक मात्र सरकारी मान्यताप्राप्त स्तरीकरण कार्यक्रम हो । प्रोबेशन ब्राण्ड एक वर्षका लागि मान्य हुन्छ ।

पहिलो पटक १२ वटा साकोस यो कार्यक्रममा सहभागी भएका थिए जसमध्ये ४ वटा साकोसले ब्राण्ड प्राप्त गरेका थिए । अघिल्लो वर्ष २०७९ सालमा ८ वटा साकोसले प्राबेशन ब्राण्ड प्राप्त गरेका थिए । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपालस्तरको गुणस्तर मापदण्ड हो प्रोबेशन ब्राण्ड ।

साकोसहरुको गुणात्मक वृद्धिका लागि नेफ्स्कूनले विकास गरेको सरकारी मान्यता प्राप्त स्तरीकरण कार्यक्रम हो । संघले आफ्नो २५औं स्थापना दिवस एवम् २१औं वार्षिक साधारणसभाबाट आफ्ना सदस्य साकोसहरु लक्षित राष्ट्रिय गुणस्तर प्रमाणीकरण कार्यक्रम पारित गरी लागू गरेको हो । हाल प्रोबेशन कार्यक्रममा २ सय ४७ साकोस सहभागी छन् । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप