४ साकोसले पाए नेपाल सरकारको मान्यताप्राप्त प्रोबेशन ब्राण्ड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
४ साकोसले पाए नेपाल सरकारको मान्यताप्राप्त प्रोबेशन ब्राण्ड

काठमाडौं । यस वर्ष ४ साकोसले नेपाल सरकारको मान्यता प्राप्त पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम–प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७९/८० को प्रोबेशन अन्तिम परिक्षणमा सहभागी १२ मध्ये ४ साकोसले ब्राण्ड प्राप्त गरेका हुन् । यस वर्ष काठमाडौंको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि., ललितपुरको ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि., कास्कीको जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.तथा सल्यानको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. ले ब्राण्ड प्राप्त गर्न सफल भएका हुन् ।

उक्त साकोसहरुलाई नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा पुस ७ गते ब्राण्ड प्रदान गरिएको हो । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले साकोसका प्रतिनिधिहरुलाई ब्राण्ड प्रदान गर्नुभएको हो । प्रोबेशन कार्यक्रममा सफल साकोसहरुले नेपाल सरकार सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा प्रदान गर्ने प्रमाणीकरण चिन्ह (प्ल्याक) प्राप्त गरेका छन् । 

यस वर्ष ब्राण्ड प्राप्त गर्ने ३ प्रदेशका ४ जिल्लाका साकोस हुन् । बागमती प्रदेशका २ साकोसले ब्राण्ड प्राप्त गर्दा गण्डकी र कर्णाली प्रदेशका एक एक साकोसले ब्राण्ड पाए । बागमती प्रदेशको काठमाडौं र ललितपुर जिल्लाका दुई महिला साकोसले ब्राण्ड पाएका हुन् भने गण्डकी प्रदेशको कास्की जिल्ला र कर्णाली प्रदेशको सल्यान जिल्लाका दुई साकोस प्राबेशन ब्रान्डेड भएका हुन् । ब्राण्ड प्राप्त गर्नेमध्ये ३ साकोसको व्यवस्थापन प्रमुखको बागडोर महिलाकै काँधमा छ ।  

नेफ्स्कूनले सदस्य साकोसहरुको दिगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि नेपाल सरकारको मान्यताप्राप्त ब्राण्डिङ कार्यक्रम सञ्चालन गर्दै आएको हो । सहकारी विभाग लगायत सरोकारवालाहरुको सहकार्यमा विकास गरिएको प्रोवेशन कार्यक्रमको लोगो बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर चिन्हको रुपमा उद्योग विभागमा दर्ता समेत रहेको छ । प्रोबेसनमा सहभागिताः गुणस्तर सुनिश्चितता र व्यावसायिकता भन्ने भावनाका साथ नेफ्स्कूनले २०६९ सालदेखि प्रोबेशन ब्राण्डिङ कार्यक्रम सुरु गरेको हो । 

प्रोबेशन कार्यक्रममा सफल साकोसहरुले नेपाल सरकार सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा प्रदान गर्ने प्रमाणीकरण चिन्ह (प्ल्याक) प्राप्त गर्दछन् । यसले साकोसहरुको वित्तीय अवस्था मापन एवम् सुनिश्चिताको लागि विशेषत दुईवटा क्षेत्र र तिनको परिक्षणका लागि पल्र्स र हिमाल औजार प्रयोग गर्दछ । वित्तीय क्षेत्र मापनका लागि पल्र्स र व्यवस्थापकीय कुशलता मापनका लागि हिमाल विश्लेषण प्रणाली प्रयोग गरिन्छ । पल्र्सका २५ आधारभूत सूचक र हिमालका २५ सूचकको आधारमा साकोसहरुको गुणस्तर मापन गरिन्छ । बचत तथा ऋण सहकारीहरुका लागि विकास गरिएको हालसम्म यो एक मात्र सरकारी मान्यताप्राप्त स्तरीकरण कार्यक्रम हो । प्रोबेशन ब्राण्ड एक वर्षका लागि मान्य हुन्छ ।

पहिलो पटक १२ वटा साकोस यो कार्यक्रममा सहभागी भएका थिए जसमध्ये ४ वटा साकोसले ब्राण्ड प्राप्त गरेका थिए । अघिल्लो वर्ष २०७९ सालमा ८ वटा साकोसले प्राबेशन ब्राण्ड प्राप्त गरेका थिए । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपालस्तरको गुणस्तर मापदण्ड हो प्रोबेशन ब्राण्ड ।

साकोसहरुको गुणात्मक वृद्धिका लागि नेफ्स्कूनले विकास गरेको सरकारी मान्यता प्राप्त स्तरीकरण कार्यक्रम हो । संघले आफ्नो २५औं स्थापना दिवस एवम् २१औं वार्षिक साधारणसभाबाट आफ्ना सदस्य साकोसहरु लक्षित राष्ट्रिय गुणस्तर प्रमाणीकरण कार्यक्रम पारित गरी लागू गरेको हो । हाल प्रोबेशन कार्यक्रममा २ सय ४७ साकोस सहभागी छन् । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

९ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप