नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा सुरु, उद्घाटन सत्र जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा सुरु, उद्घाटन सत्र जारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२औं वार्षिक साधारण सभा काठमाडौंमा शुरु भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सभाको पूर्व मन्त्री, संविधान सभा सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडालले उद्घाटन गर्नुभएसँगै साधारण सभा विधिवत शुरु भएको हो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता रहेका उद्घाटन सभामा प्रमुख राजनीतिक दलका सहकारी विभाग प्रमुखहरुः नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, नेपाली कंग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेल, नेकपा माओवादीका सहकारी विभाग प्रमुख लिलामणि पौडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्टिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक, जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डे, राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेत, पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलगायतको उपस्थिति रहेको छ । यसैगरी, सभामा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यष दिपक पनेरुसँगै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटासँगै सदस्यहरु तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासहितको व्यवस्थापन समूह लगायत देशभरबाटै सहभागी प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको छ । उद्घाटन सत्रमा सम्मान पुरस्कारसँगै अतिथिहरुबाट शुभकामना मन्तव्य राख्ने क्रम जारी रहेको छ । देशभरबाट प्रतिनिधिहरुको उत्साहपूर्ण सहभागिता रहेको छ ।

सभा अन्तगर्त भोलि संघको नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यतालिका रहेको छ ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप