नेफ्स्कून सम्मान तथा पुरस्कार २०८० प्रदान (नामावलीसहित)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सम्मान तथा पुरस्कार २०८० प्रदान (नामावलीसहित)

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२औं वार्षिक साधारण सभाका अवसरमा साकोस अभियानमा उत्कृष्ट योगदान गर्ने व्यक्तित्व एवम् संघ संस्थाहरुलाई सम्मान पुरस्कार प्रदान गरिएको छ । नेफ्स्कूनको ३६औं स्थापना दिवस २०८० साउन ३२ गते विभिन्न विधामा घोषित उक्त सम्मान तथा पुरस्कार संघको आज आयोजित ३२औं वार्षिक साधारण सभाका अवसरमा प्रदान गरिएको हो । काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि, सभाध्यक्ष, विशिष्ट अतिथि तथा अतिथिहरुले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । 

नेफ्स्कूनले नेपालको साकोस अभियानमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व एवम् संघ संस्थाहरुलाई संघको सम्मान तथा उत्प्रेरणा नीति २०६८ (पुनर्लेखन २०७६) अनुसार गठित पुरस्कार तथा सम्मान उपसमितिको सिफारिशमा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । निश्चित सम्मान तथा पुरस्कारका लागि संघले आवेदन माग गरेको थियो । सोही आधारमा उपसमितिले तोकिएको मापदण्डका आधारमा पुरस्कृतहरुको सूची तयार गरी सञ्चालक समितिमा सिफारिश गरेको थियो जुन अनुमोदित भएपछि घोषणा गरिएको थियो । सम्मान तथा पुरस्कार छनौट उपसमितिको संयोजक संघका निवर्तमान अध्यक्ष रहने नीतिगत प्रावधान रहेको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप