सीजेएनको अध्यक्षमा पुनः काजी श्रेष्ठ, 'टीम स्पिरीट' मा काम गर्ने प्रतिवद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीजेएनको अध्यक्षमा पुनः काजी श्रेष्ठ, 'टीम स्पिरीट' मा काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा पुनः काजी श्रेष्ठ निर्वाचित हुनुभएको छ । सीजेएनको आज काठमाडौंमा सम्पन्न १३औं बार्षिक साधारणसभाबाट सहकारी खबर डटकमका सम्पादक श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चुनिनुभएको हो । समाजको उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा विकास न्युजका सन्तोष रोकाया, सह सचिवमा मेरो लगानी डटकमकी सुधा देवकोटा र कोषाध्यक्षमा नेपाल पत्रका माधव कुमार खड्का चयन हुनुभएको हो । यस्तै, सदस्यहरुमा अर्थबजार डटकमकी नमिता दुलाल र बाह्रखरी डटकमका बलराम बुढाथोकी चुनिनुभएको हो । समाजको विधान अनुसार २ सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

यसैबीच, नवनिर्वाचित अध्यक्ष श्रेष्ठले साकोस आवाजसँग कुरा गर्दै सहकारी पत्रकारितालाई थप मर्यादित, विश्वसनीय र गुणस्तरीय बनाउने दिशामा नयाँ कार्यसमितिले प्रभावकारी काम गर्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रका उदाहरणीय, असल र सकारात्मक पक्षहरुलाई थप उजागर गर्ने र कमीकमजोरीहरु औल्याउँदै गलत कार्यलाई सशक्त खबरदारी गर्ने पत्रकारिताको धर्म र मर्मलाई ख्यालमा राखी सिङ्गो सिजेएनले काम गर्ने बताउनुभयो । उहाँले सहकारी अभियान, सरकार र सदस्यबीच सेतुको काम गर्ने सिजेएनले सदस्यता वृद्धि, पत्रकारहरुको क्षमता अभिवृद्धि र पेशागत हित प्रवर्धनका विषयसँगै केही नवीन काम गर्ने पनि खुलासा गर्नुभयो ।  नवर्निवाचित अध्यक्ष श्रेष्ठले सबै सदस्यलाई साथमा लिएर 'टीम स्पिरीट' मा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप