सीजेएनको अध्यक्षमा पुनः काजी श्रेष्ठ, 'टीम स्पिरीट' मा काम गर्ने प्रतिवद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीजेएनको अध्यक्षमा पुनः काजी श्रेष्ठ, 'टीम स्पिरीट' मा काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा पुनः काजी श्रेष्ठ निर्वाचित हुनुभएको छ । सीजेएनको आज काठमाडौंमा सम्पन्न १३औं बार्षिक साधारणसभाबाट सहकारी खबर डटकमका सम्पादक श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चुनिनुभएको हो । समाजको उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा विकास न्युजका सन्तोष रोकाया, सह सचिवमा मेरो लगानी डटकमकी सुधा देवकोटा र कोषाध्यक्षमा नेपाल पत्रका माधव कुमार खड्का चयन हुनुभएको हो । यस्तै, सदस्यहरुमा अर्थबजार डटकमकी नमिता दुलाल र बाह्रखरी डटकमका बलराम बुढाथोकी चुनिनुभएको हो । समाजको विधान अनुसार २ सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

यसैबीच, नवनिर्वाचित अध्यक्ष श्रेष्ठले साकोस आवाजसँग कुरा गर्दै सहकारी पत्रकारितालाई थप मर्यादित, विश्वसनीय र गुणस्तरीय बनाउने दिशामा नयाँ कार्यसमितिले प्रभावकारी काम गर्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रका उदाहरणीय, असल र सकारात्मक पक्षहरुलाई थप उजागर गर्ने र कमीकमजोरीहरु औल्याउँदै गलत कार्यलाई सशक्त खबरदारी गर्ने पत्रकारिताको धर्म र मर्मलाई ख्यालमा राखी सिङ्गो सिजेएनले काम गर्ने बताउनुभयो । उहाँले सहकारी अभियान, सरकार र सदस्यबीच सेतुको काम गर्ने सिजेएनले सदस्यता वृद्धि, पत्रकारहरुको क्षमता अभिवृद्धि र पेशागत हित प्रवर्धनका विषयसँगै केही नवीन काम गर्ने पनि खुलासा गर्नुभयो ।  नवर्निवाचित अध्यक्ष श्रेष्ठले सबै सदस्यलाई साथमा लिएर 'टीम स्पिरीट' मा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप