नेफ्स्कून–यूएसएड (Trade & Competitiveness) सहकार्यलाई परिणाममुखी बनाइनेः अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून–यूएसएड (Trade & Competitiveness) सहकार्यलाई परिणाममुखी बनाइनेः अध्यक्ष ढकाल

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग-यूएसएड (Trade & Competitiveness) सँगको संघको सहकार्य र साझेदारीलाई परिणामुखी बनाइने बताउनुभएको छ । नेफ्स्कूनले वित्तीय सहकारीहरुका लागि अत्यावश्यक साकोस ऐन, प्रविधिमैत्री साकोस अभियानका लागि आवश्यक प्रविधिकरण तथा नवप्रवर्तन एवम् प्रारम्भिक संस्थाका सदस्यहरुलाई उद्यमी बनाउन आवश्यक व्यवसाय विकास सेवा (बीडीएस) आदि विषयमा यूएसएड (Trade & Competitiveness) सँगको सहकार्य र साझेदारी उपयोगी हुने बताउँदै यो सहकार्यलाई संघका सदस्यहरुले अनुभूति गर्ने गरी नतिजामुखी बनाइने विश्वास दिलाउनुभएको हो । नेफ्स्कून र यूएसएड (Trade & Competitiveness) बीच आज संघको केन्द्रीय कार्यालयमा भएको छलफलमा अध्यक्ष ढकालले द्धिपक्षीय सहकार्य उदाहरणीय बनाउने गरी व्यवस्थापनले तयारी गर्ने जानकारी गराउनुभएको हो । छलफलमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायत व्यवस्थापनको उपस्थिति रहेको थियो भने यूसएड ट्रेड एण्ड कम्पिटिटिभनेस अन्तर्गत एक्सेस टु फाइनान्स सर्भिस म्यानेजर सञ्जय झा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले साकोस ऐनको मस्यौदालाई नयाँ परिस्थिति अनुकूल विज्ञहरुको राय परामर्शमा परिमार्जनका साथै संघको रणनीतिक मार्गचित्र तयारीका लागि पनि यूएसएड(Trade & Competitiveness)  सहकार्य महत्वपूर्ण हुने बताउनुभयो । 

छलफलमा यूएसएडका सञ्जय झाले नेफ्स्कूनसँगको सहकार्यबाट आफूहरु उत्साहित भएको भन्दै यसलाई दिगो बनाउने गरी दुबै पक्षबाट काम गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यूएसएड (Trade & Competitiveness) को प्राथमिकतामा कृषि, पयर्टन तथा प्रविधि रहेको भन्दै यी विषयमा नेफ्स्कूनमा आवद्ध साकोस र उनीहरुका सदस्यहरुलाई समेत सहयोग पुग्ने गरी काम गर्ने मनसायले संघसँग सहकार्य भएको जानकारी गराउनुभयो । नेफ्स्कून र यूएसएड (Trade & Competitiveness) बीच साझेदारीमा विविध कार्यक्रम सञ्चालनमा रहेका छन् ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप