प्रमाणीकरण प्रतिकको सदुपयोग गर्न नेफ्स्कूनको आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रमाणीकरण प्रतिकको सदुपयोग गर्न नेफ्स्कूनको आग्रह

काठमाडौं । नेफ्स्कूनले गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागी साकोसहरुलाई प्रमाणीकरण प्रतिक (ब्राण्ड लोगो) को सदुपयोग गर्न अनुरोध गरेको छ । संघका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले एक सूचना जारी गर्दै गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागी साकोसहरुलाई प्रमाणीकरण प्रतिक (ब्राण्ड लोगो) को सदुपयोगिताका लागि विशेष आग्रह गरेको हो । नेफ्स्कूनले ब्राण्ड प्राप्त साकोसहरुलाई दिइएको समयसिमा सम्ममात्र ब्राण्ड लोगो आफ्ना सबै खाले प्रवर्धनात्मक सामाग्रीहरुमा समावेश गर्न तथा विगतमा ब्राण्ड पाएको भए वर्ष खुलाएर मात्र लोगो प्रयोग गर्न सूचना जारी गरेको हो । स्मरणीय छ, गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध साकोसहरुले हरेक वर्ष अनुगमन, निरीक्षण पछि अन्तिम परिक्षणमा सहभागी भई सफल भएपछि मात्र एक वर्षको समयसीमा तोकि प्रमाणीकरण प्रतिक (ब्राण्ड लोगो) प्रयोग गर्न सक्ने व्यवस्था छ जसले तोकिएको वर्षका लागि उक्त साकोसको गुणस्तरीय सञ्चालनको सुनिश्चितता गर्दछ ।

नेफ्स्कूनले २०६९ सालमा बचत तथा ऋण सहकारीहरुका लागि वित्तीय, सदस्य केन्द्रीयता, संस्थागत विकास तथा जोखिम व्यवस्थापन आदि विषयमा ५० वटा  बैज्ञानिक सूचकहरु विकास गरी तिनको सफल परिक्षणमार्फत संस्थागत विकास गर्ने उद्देश्यले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम–प्रोवेशन कार्यान्वयनमा ल्याएको हो । समयक्रममा नेपाल सरकार सहकारी विभागको सहकार्य एवम् प्राविधिक सहयोग समेत रेहको प्रोवेशन स्तरीकरण कार्यक्रम अन्तर्गत प्रमाणीकरण प्रतिक (ब्राण्ड लोगो) को ट्रेडमार्क प्रमाणपत्र २०७९ साल असार २१ गते उद्योग विभागबाट समेत प्राप्त गरेको भन्दै नेफ्स्कूनले ब्राण्ड नपाइ वा ब्राण्डको अवधि पूरा भएपछि पनि वर्ष नखुलाई लोगो प्रयोग गरेको पाइएको भन्दै त्यसो नगर्न सूचना जारी गरेको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप