सदस्य हितलाई केन्द्रमा राखेर नेफ्स्कून अघि बढ्ने अध्यक्ष ढकालको भनाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य हितलाई केन्द्रमा राखेर नेफ्स्कून अघि बढ्ने अध्यक्ष ढकालको भनाइ

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्य साकोसहरुलाई अभिभावक संघ भएको अनुभूति हुने गरी नेफ्स्कूनले काम गर्ने दाबी गर्नुभएको छ । सदस्यहरुलाई पर्दा विषयगत केन्द्रीय संघ छ है भन्न सक्ने गरी सदस्यका सुखदुःखमा साथ दिने ध्येयका साथ नेफ्स्कून अघि बढ्ने विश्वास उहाँले दिलाउनुभयो । नवनिर्वाचित सञ्चालक समितिको मुख्य उद्देश्य सदस्य संघ संस्थाहरुको हितलाई केन्द्रमा राखेर सुशासित, मर्यादित र पारदर्शी ढंगले काम गर्नु भएको उहाँले स्पष्ट पार्नुभयो । 

असन, कमलाक्षीस्थित व्यक्तिविकास बचत तथा ऋण सहकारी संस्था लि.को पुस १३ गते शुक्रबार आयोजित १३औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष ढकालले सुशासनको विषयमा कुनै 'कम्प्रोमाइज' नगरी निमर्म ढंगले अघि बढ्नेमा आश्वस्त तुल्याउनुभयो । उहाँले नव निर्वाचित सञ्चालक समिति साकोस अभियानका चुनौतीहरुसँग राम्ररी परिचित भएको भन्दै तिनलाई क्रमिक रुपमा चिर्दै जाने गरी बहसपैरवीमा लाग्ने बताउनुभयो । अध्यक्ष ढकालले जोखिम न्यूनीकरणका लागि स्थिरीकरण कोषमा आवद्ध हुन समेत साकोसलाई आग्रह गर्नुभयो ।

सभाको उद्घाटन सत्रमा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष ढकाललाई सम्मानित गरिएको थियो । साकोसका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा आयोजित सभामा संघको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, उपसमिति, व्यवस्थापन तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ३ करोड ५१ लाख ११ हजार बढी सेयर पुँजी रहेको व्यक्ति विकास साकोसमा २२ करोड ५४ लाख ८३ हजार बढी बचत निक्षेप र २६ करोड ८ लाख ६ हजार ८ सय बढी ऋण लगानी रहेको छ भने १ करोड १८ लाख ६३ हजार बढी रकम जगेडा कोषमा रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । साकोसले सहकारी ऐन, नियमावली एवम् मापदण्डहरुको परिपालनासँगै सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापनसँगै सदस्यहरुलाई समेत समयानुकूल विभिन्न किसिमका क्षमता विकासका तालिम तथा शिक्षा कार्यक्रममा जोड्दै आएको जनाएको छ । सभाले अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, संस्थाको नीति, कार्यक्रम तथा बजेट समेत पारित गरेको छ । 

‘मेरो भविष्य मेरो विश्वास, मेरो समृद्धिको लागि व्यक्तिविकास’ भन्ने नारा बोेकेको साकोसले सदस्यहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रवाह गर्ने उद्देश्य लिएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप