इटहरीस्थित महिला साकोसमा नयाँ सञ्चालक समिति, नेफ्स्कून सञ्चालक शालिकराम ढकाललाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इटहरीस्थित महिला साकोसमा नयाँ सञ्चालक समिति, नेफ्स्कून सञ्चालक शालिकराम ढकाललाई बधाई तथा शुभकामना

सुनसरी । इटहरीमा अवस्थित महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २५औ वार्षिक साधारण सभा सर्वसम्मत नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्दै पुस १३ गते सम्पन्न गरेको छ । साधारण सभाले मुना प्रसाई तिम्सीनाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा पद्मादेवी पन्धाक, सचिवमा जानुकला तामाङ कोषाध्यक्षमा पुनम थापा मगर सदस्यहरुमा वालकुमारी लुइटेल, कमला निरौला ,सुष्मा थापा लगायत  १३ जना रहनुभएको छ । यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा विनोद भट्टराई सदस्यमा शसी आचार्य र पदमकुमारी भण्डारी लाई चयन गरेको छ । सञ्चालक समितिका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत जगन्नाथ फुयालले सपथ ग्रहण गराउनुभएको थियो । सभामा नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिका सदस्य शालिकराम ढकाललाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो । 

सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैचा नगरपालिकालाई कार्यक्षेत्र बनाई संस्थाको कार्यालय र ६ वटा सेवाकेन्द्र सहित जम्मा ७ स्थानबाट आफ्ना सदस्यहरुलाई सहज वित्तीय सेवा प्रदान गरिरहेको महिला साकोसले २५औं साधारण सभाबाट नयाँ नेतृत्व समेत चयन गरेको हो । संस्थाको कुल सेयर पुजी ७,४५,३९,००.०० रहेको छ भने बचत निक्षेप ५४,१३,०२,५७५.०० रहेको छ ।

अध्यक्ष अमृता सुव्वाको अध्यक्षता तथा ज्येष्ठ नागरिक समाज नेपाल, इटहरीका अध्यक्ष  खगेन्द्र प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको आ. व. २०७९।८० को प्रगती विवरण तथा आ. व. २०८०।८१ को कार्ययोजना तथा बजेट र संस्थाले संचालन गरिरहेका सदस्य हित र सामाजिक सामुदायिक कार्यक्रमका विषयमा समेत जानकारी गराइएको थियो ।

संस्थाकी प्रमुख कार्यकारी अधिकृत जुनुसा पुरीका अनुसार १० हजार शेयर सदस्य रहेको साकोसले आफ्ना सदस्यहरुलाई मोवाईल बैंकिङ, ए टि एम, क्यू आर कोड, इ टेलर जस्ता डिजिटल सेवाहरु समेत प्रदान गरिरहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप