स्थापना दिवसको पूर्व सन्ध्यामा संकल्प साकोसद्धारा वक्तृत्वकला प्रतियोगिता आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसको पूर्व सन्ध्यामा संकल्प साकोसद्धारा वक्तृत्वकला प्रतियोगिता आयोजना

चन्द्रपुर, रौतहट । संकल्प बचत तथा ऋण सहकारी संस्था लि को १६ औ स्थापना दिवसको पूर्वसन्ध्यामा चन्द्रपुर-५ स्थित माउन्ट एभरेस्ट आ.मा. बि मा चन्द्रपुर नगर भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयका कक्षा १० सम्मका विद्यार्थीको लागि आर्थिक तथा सामाजिक बिकासमा सहकारीको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

कार्यक्रममा नगर भित्रका १६ वटा बिद्यालयका छात्र छात्रा सहभागी थिए । बिषयबस्तु केन्द्रित भएर सहभागीहरुले आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगी मध्ये चन्द्रपुर ४ स्थित पाथीभरा आ.मा. बि का छात्र प्रबीज्ञ तिमल्सिना प्रथम, चन्द्रपुर-१ स्थित बागमती मा बि की छात्रा सुभद्रा थापा द्धितिय र चन्द्रपुर-८ स्थित होलिभिजन एकेडेमीकी छात्रा कृतिका बजगाइ तृतीय भइन् ।

प्रथम, द्धितिय र तृतीय हुने छात्र छात्रालाई नगद क्रमशः ३०००, २००० र १००० प्रदान गरिने छ । कार्यक्रमको अध्यक्षता साकोसका अध्यक्ष बिभु कुमार पोखरेलले गर्नु भएको थियो भने प्रमुख अतिथि चन्द्रपुर नपा वडा न ५ का अध्यक्ष निलहरी कोइराला, अतिथिहरुमा चन्द्रपुर नपा शिक्षा शाखाकी जुना तिमल्सिना, प्याब्सन मधेस प्रदेश अध्यक्ष दिपक रेग्मी, माउन्ट एभरेस्टका प्रीन्सिपल अच्युत हुमागाइ, संचालक उमेश बास्कोटा लगायत रहनुभएको थियो । त्यस्तै निर्णायकमा पुर्व शिक्षकहरु इन्द्रराज अधिकारी, भरत प्रसाद आचार्य र ठाकुर प्रसाद उपाध्याय रहनु भएको थियोे । कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक गणेश पौडेलले स्वागत गर्नु भएको थियो ।

कार्यक्रम सन्चालन सचिब के बि थापा र सह सचिब चिरञ्जीवी गौतमले गर्नु भएको थियो । कार्यक्रमको संयोजन सस्थाको सामाजिक कृयाकलाप उप-समिति संयोजक भरत प्रसाद अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संचालक, कर्मचारी, शिक्षक बिद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्थाले स्थापना दिवसलाइै भब्य रुपमा मनाउने गरेको छ ।

बिगत बर्षहरुमा स्वास्थ्य शिविर, रक्तदान, साहित्यिक गोष्ठी, खेलकुद, बिरामीलाई हर्लिक्स बितरण, जेष्ठ सदस्यहरु सम्मान, सरसफाइ, निबन्ध लेखन प्रतियोगिता जस्ता कार्यक्रम सन्चालन गरेर सदस्यको मन जित्न सफल भएको छ । यस वर्ष पनि पौष २१ गते कम्तिमा ५०० शेयर सदस्य उपस्थित गराइ पुरस्कार, सम्मान लगायत विविध कार्यक्रम गरी भब्य रुपमा मनाउने तयारी गरिएको अध्यक्ष बिभु पोखरेलले जानकारी गराउनु भएको छ । बिगत १६ बर्ष देखि संकल्प साकोसले चन्द्रपुर नगरपालिकामा सामाजिक तथा आर्थिक बिकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप