जिल्ला संघहरुको सुझावलाई नेफ्स्कूनले आत्मसात् गर्ने अध्यक्ष ढकालको भनाइ, जिल्ला बचत संघ मकवानपुरसँग आज अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला संघहरुको सुझावलाई नेफ्स्कूनले आत्मसात् गर्ने अध्यक्ष ढकालको भनाइ, जिल्ला बचत संघ मकवानपुरसँग आज अन्तरक्रिया

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष चन्द्र प्रसाद ढकालले जिल्ला बचत संघहरुको सुझावलाई आत्मसात गरेर नेफ्स्कून अघि बढ्ने बताउनुभएको छ । उहाँले जिल्ला सक्षहरुलाई सक्षम, सुदृढ र सशक्त बनाउन नेफ्स्कूनले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभयो । आज बिहान मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सञ्चालक समितिसँग हेटौडामा भएको अन्तरक्रियामा नेफ्स्कून अध्यक्ष ढकालले जिल्ला संघ बलियो हुँदा नेफ्स्कून पनि बलियो हुने बताउनुएको हो । 

अन्तरक्रियामा जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठ, उपाध्यक्ष मिना चौरेल, सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, कोषाध्यक्ष विष्णुमाया लामा, सहसचिव विजयबहादुर बस्नेत, सञ्चालक सदस्यहरु जुना दंगाल, शर्मिला महत, सिताराम दाहाल, लेखा सुपरिवेक्षण समिति संयोजक मिठाराम दाहाल, नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालयका व्यवस्थापन उपसमिति सदस्यहरु राजु गौतम र राजेन्द्र पौडेल, संघकी कार्यक्रम अधिकृत यमकला सुवेदी, संघको सदस्य सेवा कार्यालयकी इन्चार्ज ज्योति महत, कर्मचारीहरु अमन विडारी, सुरेन्द्र श्रेष्ठ र हिरा ढुङ्गेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठसँगै सञ्चालक समितिका अन्य सदस्यहरुले नेफ्स्कूनले जिल्ला संघको सुझावहरुलाई मनन गर्नुपर्ने, समयसमयमा छलफल र अन्तरक्रियाहरु गर्नुपर्ने र सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने धारणा राख्नुभएको थियो । नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिको प्रतिनधित्व गर्दै अध्यक्ष चन्द्र प्रसाद ढकालबाट भएको अन्तरक्रियाको जिल्ला संघले स्वागत गर्दै यस प्रकारको संवादले सहकार्यलाई बलियो बनाउने वक्ताहरुको भनाइ थियो । नेफ्स्कूनसँगै जिल्ला बचत संघ मकवानपुरको पनि नयाँ सञ्चालक समिति निर्वाचित भएको सन्दर्भमा भएको यो अन्तरक्रिया अत्यन्त महत्वपूर्ण भएको नेफ्स्कूनका अध्यक्ष ढकालले बताउनुभयो । सोही आशयको भनाइ जिल्ला बचत संघको पनि रहेको थियो ।

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप