सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन अभियानको साझा सम्पत्तिः नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन अभियानको साझा सम्पत्तिः नेफ्स्कून अध्यक्ष ढकाल

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ अन्तर्गतको सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया तथा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम आज बाराहीस्थानमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यदलको प्रतिवेदन अभियानको साझा सम्पत्ति भएको बताउनुभयो । यसमा साझा धारणा बनाउने काम भक्तपुर जिल्ला बचत संघले गरेकोमा खुशी व्यक्त गर्दै नेफ्स्कूनले पनि प्रतिवेदन बारे साझा धारणा निर्माण गरी कार्यान्वयनमा लान पहलकद्मी गर्ने बताउनुभयो । भक्तपुर जिल्लामा तुलनात्मक रुपमा सहकारीमा कममात्र समस्या देखिनुमा बचत संघको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सहकारी सुशासन र सुदृढीकरणमा सम्झौता गर्न नसक्ने कुरा बताउदै अभियानका मुद्दाहरु प्राथमिकताका आधारमा समाधान गर्दै लाने विचार प्रमुख अतिथि ढकालले व्यक्त गर्नुभयो । 

बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पछिल्लो समयमा सहकारी क्षेत्रमा कतिपय बाह्रय र आन्तरिक कारणले संकटहरु देखिएको बताउनुभयो । सहकारी क्षेत्रमा देखा परेको सैद्धान्तिक विचलनका कारणले यस क्षेत्रको कार्यगत, व्यवहारगत र संरचनागत सुधारको आवश्यकता महशुस गरी नेपाल सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० गठन गरेको उहाँले जानकारी गराउनुभयो । उक्त प्रतिवेदनमा उल्लिखित सहकारी सुधारका तल्काल, अल्पकालिन, दीर्घकालिन सुधार, कार्यगत सुधार, जनशक्ति सुधार, कार्यदलको निष्कर्ष लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

संघका उपाध्यक्ष एवं उपसमितिका संयोजक हरि बल्लले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको प्रतिवेदनको बारेमा जानकारी लगायत समुदायका सहकारीको विकास र प्रवद्र्धनका लागि सहकारी ऐनका परिमार्जनका लागि सुझाव समेत संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

संघका सहकारी समन्वय उपसमितिका सदस्य बलराम प्रजापतिले स्वागत मन्तव्य राख्दै नेपालको संविधान, २०७२ ले समाजबाद उन्मुख अर्थतन्त्र विकासको महत्वपूर्ण खम्बाको रुपमा सहकारी क्षेत्रलाई लिए पनि राज्यले सहकारीका समस्याहरु समयमै प्राथमिकतामा राखी सम्बोधन गर्न नसक्दा सहकारीमा समस्या देखापरेको उल्लेख गर्नुभयो । सहकारीलाई समुदायमा आधारित, सदस्य केन्द्रीत, लोकतान्त्रित, स्वायत्त र स्वनियम संगठनको रुपमा विकास गर्न सहकारी ऐन कानुन समुदायमा आधारित सहकारी मैत्री हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकाललाई बधाई ज्ञापन गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रममा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन समेत गरिएको थियो । कार्यक्रमको संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकरीको पाँचौ सिद्धान्त शिक्षा, तालिम र सूचना बमोमिज कार्यदलको प्रतिवेदनबारे सदस्य संस्थालाई सुसूचित गराइएको बताउनुभयो । उहाँले  सहकारी सुधारको लागि दिइएका अभियान सुदृढीकरणका सुझावहरु पनि कार्यान्वयन गर्दै लानुपर्ने विचार राख्नुभयो । अन्तरक्रिया कार्यक्रममा संघमा आबद्ध सदस्य संस्थाका पदाधिकारी, संचालक, व्यवस्थापक, कर्मचारी गरी १ सय ४९ जनाको सहभागिता थियो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप