नेफ्स्कून महासचिव एवम् सञ्चालकद्वयलाई बधाई तथा सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून महासचिव एवम् सञ्चालकद्वयलाई बधाई तथा सम्मान

लेटाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का नवनिर्वाचित महासचिव तथा सञ्चालक सदस्यद्वयलाई पुस १५ गते लेटाङमा सम्मान सहित बधाई तथा शुभकामना ब्यक्त गरिएको छ । लेटाङ साकोसको आयोजनामा नेफ्स्कूनका महासचिव धनश्याम अधिकारी तथा सदस्यहरुद्वय लक्ष्मी सापकोटा र शालिकराम ढकाललाई बधाई ज्ञापन कार्यक्रम गरिएको हो । लेटाङ भरिका सहकारीको सहभागितामा बधाई शुभकामना ब्यक्त गरिएको हो ।

कार्यक्रममा धन्यवाद ब्यक्त गर्दै महासचिव अधिकारीले नेफ्स्कून फराकिलो रुपको साकोस अभियानमा रहेको बताउनुभयो । नेफ्कूनका कुशलताका कारण कोभिड लगायतका विश्व व्यापी समस्याका बेला धरापमा रहेको बचत तथा सहकारी सरल तरिकावाट अबतरण भएको उहाँले बताउनुभयो । कोभिड संगै उब्जिएको अभावका बारेमा नेस्कूनको पुर्व तयारीकै कारण ठूलो जोखिम बाट सहकारी सुरक्षित हुन सकेको महासचिव अधिकारीले बताउनुभएको हो । आफुहरुले हाल नयाँ योजनाका साथ सहकारी अभियानलाई गर्विलो बनाउन प्रारम्भिक संस्था र नेस्कूनबीच हार्दिकता बढाउने कार्यक्रम ल्याइने बताउनुभयो । नेफ्स्कूनको खस्किदै गएको साख बचाउन बर्तमान सञ्चालक समिति कटिवद्ध भएर लाग्ने बताउनुभयो । संघियता पछिको सहकारीको मोडालिटिलाई अबलम्बन गर्दै जाँदा संक्रमणको अवस्था रहेको र ब्यबस्थापनको खाचो रहेको र यसका लागि मनिटरिङ गर्ने मोडालिटिको बारेमा छलफल चलिरहेको उहाँले बताउनुभयो । उहाँले सहकारीको दिगो विकासका लागि स्थानिय तहसँग आधारशिला कार्यक्रम लाई व्यापकता दिइने समेत महासचिव अधिकारीले जानकारी गराउनुभयो । 

यस्तै नवनिर्वाचित सञ्चालक सदस्य लक्ष्मी सापकोटाले सहकारी अभियानलाई गतिशील, सुब्यबस्थित बनाउन आफ्नो भूमिका रहने बताउनुभयो । नेफ्स्कूनमा राम्रो मान्छे पठाइएछ भन्ने आभास हुने गरी काम गर्ने र यसका लागि आधार स्थलमा निरन्तर छलफल हुनेछ बताउभयो । यस्तै नवनिर्वाचित सञ्चालक सदस्य शालिकराम ढकालले बचत तथा सहकारी संकटको घडीबाट गुज्रिएको र यसलाई संघले अभिभावकत्व प्रदान गरी विकृति बिसंगति लाई हटाउदै लगिने उहाँले बताउनुभयो । सहकारीलाई नीतिगत रुपमा अघि बढाउन आफू कटिबद्द भएर आफ्नो तर्फ बाट लाग्ने उहाँको भनाइ थियो ।

नेफ्स्कूनका पूर्व संचालक सदस्य तारा बहादुर काफ्लेले संघको धरातल फराकिलो हुँदै गएको बताउनुभयो ।  नेपालमा सहकारी अभियान अघि अघि सरकार पछि पछि हुने गरेको इतिहास रहेको भन्दै यसको साख जोगाइ राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । लेटाङ साकोसका अध्यक्ष गोपाल बाराकोटीको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाभरिका अधिकांश सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप