अभियानकर्मीहरुको सल्लाह सुझाव सधै शिरोपर गर्छुः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानकर्मीहरुको सल्लाह सुझाव  सधै शिरोपर गर्छुः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

नेपालगञ्ज । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी अभियानकर्मीहरुको सुझाव र सल्लाह आफुले सधैं शिरोपर गर्ने बताउनुभएको छ । सहकारी तथा साकोस अभियानको छवि सुधारसँगै विकास, प्रवर्धन र सुशासनका दिशामा अभियानकर्मीहरुबाट प्राप्त रचनात्मक सल्लाह र सुझावहरु मननीय हुने भन्दै उहाँले तिनलाई आफूले उच्च महत्व दिने जानकारी गराउनुभयो । 

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह प्रदेश पुग्नुभएका अधिकारीले आज बाँकेमा अभियानकर्मीहरुबाट प्राप्त सुझावहरुको निष्कर्ष नेफ्स्कूनको सञ्चालक समितिको बैठकमा राख्ने विश्वास दिलाउनुभयो । उहाँले अभियानभित्र सुशासन, इमानदारी, पारदर्शिता र नीतिको प्रधानतामार्फत छवि सुधारलाई नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । यस क्षेत्रका सहकारीका समस्याहरुसँग आफू नजिकबाट परिचित भएको भन्दै उहाँले तिनको समाधानका लागि आफ्नोतर्फबाट खेल्नुपर्ने भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सृजनात्मक सुझावहरुका लागि उहाँले अभियानकर्मीहरुप्रति कृतज्ञतासमेत जाहेर गर्नुभयो । 

आज बाँकेका सहकारी अभियानकर्मीहरुसँगको अन्तरक्रियामा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले सदस्यहरुको हितलाई ध्यानमा राखेर नेफ्स्कून अघि बढ्नेमा आश्वस्त तुल्याउनुभयो । अन्तरक्रियामा उहाँलाई अभियानकर्मीहरुले सदस्यहरुको समस्यालाई केन्द्रमा राखेर संघले काम गर्नुपर्ने, सुशासनलाई प्राथमिकता दिनुपर्ने, बहसपैरवीलाई सघन बनाउनुपर्ने लगायतका सुझावहरु प्रदान गर्नुभएको थियो । अभियानकर्मीहरुका तर्फबाट नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष अधिकारीलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरिएको नेफ्स्कून नेपालगञ्ज सदस्य सेवा कार्यालयका प्रमुख छत्रप्रसाद जैसीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

आजको अन्तरक्रिया कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, प्रदेश बचत संघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला सहकारी संघका पदाधिकारी, जिल्ला बचत संघका पदाधिकारी लगायत अगुवा सहकारीकर्मीहरुको उपस्थिति थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप