अभियानकर्मीहरुको सल्लाह सुझाव सधै शिरोपर गर्छुः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानकर्मीहरुको सल्लाह सुझाव  सधै शिरोपर गर्छुः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

नेपालगञ्ज । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी अभियानकर्मीहरुको सुझाव र सल्लाह आफुले सधैं शिरोपर गर्ने बताउनुभएको छ । सहकारी तथा साकोस अभियानको छवि सुधारसँगै विकास, प्रवर्धन र सुशासनका दिशामा अभियानकर्मीहरुबाट प्राप्त रचनात्मक सल्लाह र सुझावहरु मननीय हुने भन्दै उहाँले तिनलाई आफूले उच्च महत्व दिने जानकारी गराउनुभयो । 

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह प्रदेश पुग्नुभएका अधिकारीले आज बाँकेमा अभियानकर्मीहरुबाट प्राप्त सुझावहरुको निष्कर्ष नेफ्स्कूनको सञ्चालक समितिको बैठकमा राख्ने विश्वास दिलाउनुभयो । उहाँले अभियानभित्र सुशासन, इमानदारी, पारदर्शिता र नीतिको प्रधानतामार्फत छवि सुधारलाई नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । यस क्षेत्रका सहकारीका समस्याहरुसँग आफू नजिकबाट परिचित भएको भन्दै उहाँले तिनको समाधानका लागि आफ्नोतर्फबाट खेल्नुपर्ने भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सृजनात्मक सुझावहरुका लागि उहाँले अभियानकर्मीहरुप्रति कृतज्ञतासमेत जाहेर गर्नुभयो । 

आज बाँकेका सहकारी अभियानकर्मीहरुसँगको अन्तरक्रियामा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले सदस्यहरुको हितलाई ध्यानमा राखेर नेफ्स्कून अघि बढ्नेमा आश्वस्त तुल्याउनुभयो । अन्तरक्रियामा उहाँलाई अभियानकर्मीहरुले सदस्यहरुको समस्यालाई केन्द्रमा राखेर संघले काम गर्नुपर्ने, सुशासनलाई प्राथमिकता दिनुपर्ने, बहसपैरवीलाई सघन बनाउनुपर्ने लगायतका सुझावहरु प्रदान गर्नुभएको थियो । अभियानकर्मीहरुका तर्फबाट नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष अधिकारीलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरिएको नेफ्स्कून नेपालगञ्ज सदस्य सेवा कार्यालयका प्रमुख छत्रप्रसाद जैसीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

आजको अन्तरक्रिया कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, प्रदेश बचत संघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला सहकारी संघका पदाधिकारी, जिल्ला बचत संघका पदाधिकारी लगायत अगुवा सहकारीकर्मीहरुको उपस्थिति थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप