अठ्ठार सय खोला साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अठ्ठार सय खोला साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । काठमाडौंको कपुरधारास्थित अठ्ठार सय खोला बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सभा पुस २० गते सम्पन्न भएको छ । साकोसकी अध्यक्ष तारा गुरुङको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी रहनुभएको थियो भने बिशिष्ट अतिथि कास्कूनका अध्यक्ष दिपक पनेरु, काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारी, संस्थापक अध्यक्ष अम्बर बहादुर गुरुङ लगायत रहनुभएको थियो । 

सभामा प्रमुख अतिथि अधिकारीले सदस्यको बचतको सुरक्षाको जिम्मेवारीप्रति साकोसको सञ्चालक समिति सधै सचेत रहनुपर्ने बताउनुभयो । सहकारीको पुँजी सदस्यको आर्थिक सामर्थ्य विकासमा परिचालन गर्नु आवश्यक भएको भन्दै उहाँले संकलित पूँजी मार्फत उद्यम व्यवसाय र युवा सहभागिता अभिवृद्धिमा जोडदिनुपर्ने उल्लेख गर्नुभयो ।

पैसाको विवेकपूर्ण प्रयोगबाट मात्रै समृद्ध जीवन निर्माण सम्भव भएको बताउँदै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले विषम् परिस्थितिका बाबजुत संस्थाले मुनाफा आर्जन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।

गोरखाको उत्तरी भेगमा रहेका गुरुङ समुदायहरुद्वारा स्थापित अठार सय खोला साकोसले काठमाडौंमा बसोबास गर्ने समुदायलाई एकजुट गरी सामुहिक पुँजी निर्माण, धर्म संस्कृतिको जगेर्ना साथै सहकारी मार्फत सामुदायिक विकासका लागि चालेको कदमको प्रमुख अतिथिले सराहना गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष समेत रहनुभएका कास्कूनका अध्यक्ष दिपक पनेरुले संस्थालाई आगामी दिनमा अझै राम्रो गर्न सल्लाह दिदैं बन्द सत्रमा संस्थाका भावी नीति, कार्यक्रम तथा योजनामाथि सघन छलफल गरेर उत्कृष्ट योजना निर्माण गरी कार्यान्वयनमा जान सुझाव दिनुभयो । सभामा नेफ्स्कूनको गोगंबुस्थित सदस्य सेवा कार्यालयकी प्रमुख राधा पौडेलको पनि सहभागिता थियो ।सभामा उत्कृष्ट सेयर खरिदकर्ता सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

गत आर्थिक वर्षमा ३२ करोड ९२ लाख ६६ हजार बढी कुल कारोबार गरेको साकोसको सेयर पुँजी ४ करोड १३ लाख ८४ हजार बढी रहेको छ भने ४१ लाख १९ हजार रुपैयाँ बढी मुनाफा आर्जन गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । साकोसले गत वर्षभन्दा ६.२२ प्रतिशतले कारोबार वृद्धि गरेको छ ।

साधारण सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनसँगै विभिन्न प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप