अठ्ठार सय खोला साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अठ्ठार सय खोला साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । काठमाडौंको कपुरधारास्थित अठ्ठार सय खोला बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सभा पुस २० गते सम्पन्न भएको छ । साकोसकी अध्यक्ष तारा गुरुङको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी रहनुभएको थियो भने बिशिष्ट अतिथि कास्कूनका अध्यक्ष दिपक पनेरु, काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारी, संस्थापक अध्यक्ष अम्बर बहादुर गुरुङ लगायत रहनुभएको थियो । 

सभामा प्रमुख अतिथि अधिकारीले सदस्यको बचतको सुरक्षाको जिम्मेवारीप्रति साकोसको सञ्चालक समिति सधै सचेत रहनुपर्ने बताउनुभयो । सहकारीको पुँजी सदस्यको आर्थिक सामर्थ्य विकासमा परिचालन गर्नु आवश्यक भएको भन्दै उहाँले संकलित पूँजी मार्फत उद्यम व्यवसाय र युवा सहभागिता अभिवृद्धिमा जोडदिनुपर्ने उल्लेख गर्नुभयो ।

पैसाको विवेकपूर्ण प्रयोगबाट मात्रै समृद्ध जीवन निर्माण सम्भव भएको बताउँदै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले विषम् परिस्थितिका बाबजुत संस्थाले मुनाफा आर्जन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।

गोरखाको उत्तरी भेगमा रहेका गुरुङ समुदायहरुद्वारा स्थापित अठार सय खोला साकोसले काठमाडौंमा बसोबास गर्ने समुदायलाई एकजुट गरी सामुहिक पुँजी निर्माण, धर्म संस्कृतिको जगेर्ना साथै सहकारी मार्फत सामुदायिक विकासका लागि चालेको कदमको प्रमुख अतिथिले सराहना गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष समेत रहनुभएका कास्कूनका अध्यक्ष दिपक पनेरुले संस्थालाई आगामी दिनमा अझै राम्रो गर्न सल्लाह दिदैं बन्द सत्रमा संस्थाका भावी नीति, कार्यक्रम तथा योजनामाथि सघन छलफल गरेर उत्कृष्ट योजना निर्माण गरी कार्यान्वयनमा जान सुझाव दिनुभयो । सभामा नेफ्स्कूनको गोगंबुस्थित सदस्य सेवा कार्यालयकी प्रमुख राधा पौडेलको पनि सहभागिता थियो ।सभामा उत्कृष्ट सेयर खरिदकर्ता सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

गत आर्थिक वर्षमा ३२ करोड ९२ लाख ६६ हजार बढी कुल कारोबार गरेको साकोसको सेयर पुँजी ४ करोड १३ लाख ८४ हजार बढी रहेको छ भने ४१ लाख १९ हजार रुपैयाँ बढी मुनाफा आर्जन गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । साकोसले गत वर्षभन्दा ६.२२ प्रतिशतले कारोबार वृद्धि गरेको छ ।

साधारण सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनसँगै विभिन्न प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप