अभियानले वास्तवमै अनुभव गर्ने गरी नेफ्स्कूनले काम गर्छः अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानले वास्तवमै अनुभव गर्ने गरी नेफ्स्कूनले काम गर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनको नेतृत्व परिवर्तन केवल अनुहार परिवर्तन नभएको बताउनुभएको छ । पाल्पामा जारी एनएफआरएस तालिमका सहभागीहरुसँग हिजो बेलुका अन्तरिक्रया गर्दै उहाँले साकोस अभियानको साँच्चिकै शुद्धीकरण र रुपान्तरणका लागि नेतृत्व परिवर्तन भएको दाबी गर्नुभएको छ । उहाँले साकोस अभियानले वास्तवमै अनुभव गर्न सक्ने गरी नेफ्स्कूनको नयाँ सञ्चालक समितिले काम गर्ने विश्वास पनि दिलाउनुभयो । त्यसका लागि साकोस ब्यवस्थापनको बागडोर सम्हालेर बसेका अनि निखारिएका ब्यवस्थापकहरुको सल्लाह सुझाव लाई नेफ्स्कूनले ध्यान दिने बताउनुभयो ।

उहाँले हिजोका कमजोरीहरु सुधार्ने, राम्रा कामलाई निरन्तरता दिने र नवीन योजनाहरु अघि सारिने जानकारी पनि गराउनुभयो । साकोस व्यवस्थापकहरुलाई सदस्यहरुको हितमा काम गर्न, संस्थागत सुधारका कामहरुलाई अघि बढाउन, साकोस अभियानका सकारात्मक विषयहरु उजागर गर्न र समुदायमा सहकारीको अत्यावश्यकता बोध हुने गरी काम गर्न आग्रह गर्नुभयो । 

अन्तरक्रियामा सहभागी लुम्बिनी प्रदेश भित्रका करिब करिब डेढ दर्जन साकोस व्यवस्थापकहरुले नेफ्स्कूनले सदस्य संस्थाहरुलाई सहयोग पुग्ने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँहरुले साकोसहरुले अभिभावक छ भन्ने गरी काम गर्नुपर्ने बताउनुभएको थियो । आवश्यक पर्दा सल्लाह, सुझाव र सहकार्यका लागि सधैं तयार रहेको पनि उहाँहरुले विश्वस्त तुल्याउनुभयो ।  लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघको साधारण सभामा सहभागी हुन जाने क्रममा नेफ्स्कूनअध्यक्ष ढकाल केही समयका लागि तालिमका सहभागीहरुसँग अन्तरक्रियामा सहभागी हुनुभएको थियो । तालिम कार्यक्रममा सहभागी व्यवस्थापकहरुसँग अध्यक्ष ढकालले केही समय अभियानका समसामयिक विषयमा अन्तरक्रिया समेत गर्नुभएको हो ।

तालिम कार्यक्रममा सहभागी व्यवस्थापकहरुले अध्यक्ष ढकाललाई बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त संक्षिप्त कार्यक्रमको संयोजन कोलिय देवदह साकोस रुपन्देहीका व्यवस्थापक विनोद पराजुलीले गर्नु भएको नेफ्स्कून सदस्य सेवा कार्यालय रुपन्देहीका प्रमुख प्रकाश अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो । ३ दिने तालिम आज समापन हुँदैछ । तालिम सहजीकरण चार्टड अकाउन्टेन्ट प्रवीण बरालले गर्नुभएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप