अन्धकारमुक्ति साकोसको २५औं वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्धकारमुक्ति साकोसको २५औं वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह सम्पन्न

काठमाडौं । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाको २५ औं बार्षिक साधारण सभा तथा रजत जयन्ती बिशेष समारोह २०८० पुस २० गते शुक्रबार संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा तथा नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशिष्ट आतिथ्यमा स्मारक अनावरण र साधारण सभा तथा रजत जयन्ती बिशेष समारोह कार्यक्रम सम्पन्न भएको छ । 

सो अवसरमा नेफ्स्कूनका अध्यक्ष ढकालले अर्थमन्त्री महतसँग सहकारीका समसामयिक विषयमा अनौपचारिक छलफल गर्ने मौका पनि मिलेको बताउनुभयो । अर्थमन्त्रीसँग सहकारी अभियानको जल्दाबल्दा विषयसँगै खासगरी सहकारीमाथिको करको विषयमा कुरा राख्ने मौका मिलेको छ, अध्यक्ष ढकालले बताउनुभयो, अर्थमन्त्रीले अभियानसँग बसेर छलफल गर्न आफू तयार रहेको  बताउनुभएको नेफ्स्कूनका अध्यक्ष ढकालले जानकारी गराउनुभयो । कार्यक्रममा अध्यक्ष ढकाललाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो । 

सभामा अर्थमन्त्री डा. महतले सहकारी हेर्ने छुट्टै नियामक निकाय गठन प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियामक निकाय गठनको कुरा गरेको थिएँ, त्यो प्रक्रिया अगाडि बढेको छ ।’ उहाँले थप्नुभयो ‘राष्ट्र बैङ्कले बैंक, माइक्रो फाइनान्स र वित्तीय संस्थाबाहिर जान सक्ने हाम्रो अवस्था छैन भनेपछि वैकल्पिक नियामक निकाय गठनको तयारीमा हामी गइरहेका छौँ’ । 

सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने समते उहाँले बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो,  ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एक क्षणका लागि कानुनको दायराबाट भाग्लान, तर सधैँ भाग्न सक्दैन । सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरू कानुनको कठघरामा अवश्य आउँछन् । मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन’, महतले भन्नुभयो । उहाँले निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रूपान्तरण सम्भव नभएको स्पष्ट पार्नुभयो । 

२०५५ सालम स्थापित साकोसको मुख्य कार्यालय रामपुर ७, पाल्पामा अवस्थित छ । करिब ११ हजार सदस्य रहेको संस्थासँग १५ करोड रुपैयाँ सेयर पुँजी रहको छ भने कुल सम्पत्ति डेढ अर्ब बढी छ । साकोसको कार्यक्षेत्र पाल्पा जिल्लाभर रहेको छ । साकोसले सेवा केन्द्रस्तरीय साधारण सभा गरेको हो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप