नेफ्स्कून-यूएसएड Trade & Competitiveness सहकार्यमा चितवनमा दुई महत्वपूर्ण कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-यूएसएड Trade & Competitiveness सहकार्यमा चितवनमा दुई महत्वपूर्ण कार्यशाला

चितवन । नेफ्स्कून र अमेरिकी अन्तर्राष्टिय सहयोग नियोग (यूएसएड) अन्तर्गतको Trade and Competitiveness को सहकार्यमा चितवनमा दुई दिनमा दुई महत्वपूर्ण कार्यशाला सम्पन्न भएका छन् । वित्तीय सहकारीहरुमा डिजिटल सेवालाई कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा आज कार्यशाला सम्पन्न भएको छ भने हिजो साकोसहरुमा व्यवसाय विकास सेवा डेस्क सञ्चालनको विषयमा कार्यशालामा अन्तरक्रियात्मक छलफल भएको छ । दुवै कार्यक्रम नेफ्स्कून यूएसएड Trade and Competitiveness सहकार्यमा भएका नयाँ अंग्रेजी वर्षका पहिलो लेगका कार्यक्रम हुन् । यसअघि यस्तै दुई कार्यशाला रुपन्देहीको भैरहवामा पनि सफलतापूर्वक आयोजना गरिएका थिए ।

हिजो र आजको चितवनको कार्यक्रम अत्यन्त सहयोगी भएको र राष्टिय अर्थतन्त्रको आवश्यकताका साथै साकोस अभियानको माग पनि समानान्तर रुपमा सम्बोधन हुने गरी कार्यशाला आयोजना गरिएको भनाई आयोजकहरुको मात्र नभई सहभागी विभिन्न साकोसका प्रतिनिधिहरुको पनि रहेको थियो । आजको कार्यशालामा ८० साकोसबाट करिब ९० जनाको सहभागिता रहेको थियो ।

दुई दिनको कार्यशालामा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी र सञ्चालक गोपाल प्रसाद गौतम उपस्थित भई सहभागीहरुलाई बीडीएस डेस्क र प्रविधि प्रयोगका विषयलाई गम्भीरतापूर्वक लिएर सहज र सुलभ तवरले अवलम्बन गर्न साकोसहरुलाई आग्रह गर्नुभएको थियो । उहाँहरुले साकोसहरु अब सदस्यहरुमार्फत उत्पादनमा जानुपर्ने प्रखर आवश्यकतालाई ध्यानमा राखी नेफ्स्कूनले युएसएड Trade and Competitiveness सँगको सहकार्यमा यी दुई विषयलाई अघि सारेको जानकारी गराउनुभयो ।

अघिल्लो दिनको कार्यशालामा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल, निवर्तमान सञ्चालक विद्या कोइराला, पूर्व सञ्चालक खेम सापकोटा लगायतको पनि उपस्थिति थियो ।

आज समापनमा यूएसएड Trade and Competitiveness की अनिशा शर्माले आफ्नो धारणा राख्दै कृषि, पर्यटन र प्रविधिलाई बिशेष जोड दिएर नेफ्स्कूनसँगको सहकार्यलाई अघि बढाइएको जानकारी गराउनुभयो । कार्यशाला सहजीकरण यूएसएड Trade and Competitiveness अन्तर्गत एक्सेस टु फाइनान्स सर्भिस म्यानेजर सञ्जय झा, नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहाल तथा सूचना प्रविधि अधिकृत प्रवीण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम संयोजन नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका प्रमुख रिसभराज रेग्मीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका अर्जुन गुरुङले गर्नुभएको थियो ।

वित्तीय सहकारीमार्फत उद्यमीहरु विकास गरी उद्यमशीलता प्रवर्द्धन गर्न बीडीएस डेस्कको अवधारणा उपयोगी हुने र यसले बचत ऋण सहकारीहरुको उत्पादनमूलक क्षेत्रमा लगानीको पोर्टफोलियो पनि बढ्ने विश्वासका साथ नेफ्स्कूनले यूएसएड Trade and Competitiveness सँगको सहकार्यमा यो कार्यक्रम अघि बढाएको हो । 

हिजोको कार्यशालमा बीडीएस डेस्कको अवधारणा, आवश्यकता, भौतिक संरचना र मानव संशाधन आदि विषयहरुमा सहभागीहरुसँग अन्तरक्रिया भएको थियो । हिजोको कार्यशालामा ६ साकोसका २४ जनाको सहभागिता रहेको थियो । दुबै कार्यशालमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप