प्रोस्कून लुम्बिनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोस्कून लुम्बिनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारणसभा पुस २१ गते शनिबार बुटवलमा सम्पन्न भएको छ। संघका अध्यक्ष कृष्णप्रसाद नेपालको अध्यक्षतामा संचालित सभाका प्रमुख अतिथि नेफ्सकूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल रहनुभएको थियो भने सञ्चालक सदस्य ज्ञानु पौडेल बिशेष अतिथि रहनुभएको थियो । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष ढकालले सहकारीमा भएका बेथिति अन्त्यका लागि अभियानको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केही सहकारीहरुमा बेथिति भएको स्वीकार्दै सोही कारण समग्र सहकारी क्षेत्रमै संकट जस्तो देखिएको उल्लेख गर्नुभयो । केहीमा समस्या छन्, धेरैले राम्रो गरेका छन् भन्दै उहाँले सुशासनमा समस्या देखिएकाहरुलाई सही बाटोमा ल्याउने काममा नेफ्स्कून लाग्ने तर त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने धारणा राख्नुभयो ।

त्यस्तै, विशेष अतिथि नेफ्स्कून सञ्चालक ज्ञानु पौडेलले लुम्बिनी प्रदेशको सहकारी अभियान अगाडि बढाउन आप्नो तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभा संचालन महासचिव ऋषिराम सापकोटा र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवालीले राख्नुभएको थियो ।

उद्घाटन सत्रमा रुपन्देही जिल्ला बचत संघका अध्यक्ष बसन्त ढकाल, महेश्वर श्रेष्ठ, तारा  काफ्ले ,बन्दना पोख्रेलले मन्तव्य राख्नुभएको थियो । बन्द सत्रमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण चौहानद्वारा प्रस्तुत प्रतिवेदन उपर  छलफल गरि सुझावसहित पारित गरिएको थियो भने उपाध्यक्ष मिना सिग्देलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभामा नेफ्स्कून अध्यक्ष ढकाल र सञ्चालक सदस्य पौडेललाई सम्मानसहित बधाई एवम् शुभकामना व्यक्त गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप