सहकारी अभियान सुदृढीकरणका लागि नेफ्स्कून र सहकारी बैंकबीच सहकार्यमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियान सुदृढीकरणका लागि नेफ्स्कून र सहकारी बैंकबीच सहकार्यमा जोड

ललितपुर । सहकारी अभियानको सुदृढीकरण र दिगोपनाका लागि नेफ्स्कून र राष्टिय सहकारी बैंकबीच सहकार्य आवश्यक भएको भन्दै त्यसका लागि काम गर्ने प्रतिबद्धता दुबै पक्षबाट व्यक्त भएको छ । सहकारी क्षेत्रमा देखा परेका यावत समस्या समाधानका लागि पनि एकताबद्ध र संगठित प्रयास आवश्यक भएको भन्दै नेफ्स्कून र बैंकबीच सहकार्यात्मक सम्बन्ध विकास गर्दै लाने दिशामा दुबै पक्ष सहमत भएका हुन् । नेफ्स्कूनको नयाँ सञ्चालक समितिका माध्यमबाट सहकार्यको सन्देश प्रवाह गर्ने गरी काम गरिनुपर्ने विचार समेत दुबै पक्षको नेतृत्व र व्यवस्थापनबाट व्यक्त भएको छ ।

नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न हिजो आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती दुबैले सहकार्य र समन्वयको आवश्यकतामा बिशेष जोड दिनुभएको हो ।  

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीका विद्यमान सङ्कट समाधानका लागि सहकारी अभियान एकसाथ अघि बढिरहेका थुप्रै दृष्टान्तहरु रहेको भन्दै नेफ्स्कून र सहकारी बैंक सामूहिक ऐक्यबद्धतासहित अघि बढ्दै सहकारी अभियानलाई ठिक ढङ्गले गति प्रदान गर्ने दिशामा प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । अध्यक्ष ढकालले विगतमा बैंक र नेफ्स्कूनबीच भए गरेका सहकार्यको स्मरण गर्दै वर्तमान सञ्चालक समितिले सहकारी अभियानको साझा मुद्दामा हातेमालो गर्दै जाने बताउनुभयो ।  

कार्यक्रममा सहकारी बैंककाअध्यक्ष केबी उप्रेतीले नेपालको समग्र सहकारी अभियान सुदृढीकरणका लागि नेफ्स्कून र बैंक सहयोग र सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले विगतमा बैंक र नेफ्स्कूनबीच विभिन्न क्षेत्रमा सहकार्यात्मक सम्बन्ध विस्तार भएको चर्चा गर्दै नव निर्वाचित सञ्चालक समितिसँग मिलेर हाल सहकारी क्षेत्रमा देखा परेका विभिन्न समस्यालाई समाधान गर्न सके सहकारी क्षेत्रको साख अझ बढ्न सक्ने बताउनुभयो । उहाँले सहकारी अभियानलाई सबल र सक्षम बनाउन  नेफ्स्कून र सहकारी बैंक समन्वय गरी अघि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

 कार्यक्रममा नेफ्स्कूनको सञ्चालक समितिका तर्फबाट धारणा राख्ने सबैले सहकार्यको संस्कृति निर्माणको आवश्यकतामा जोड दिदैं सहकारिताको मर्म नै सहकार्यमार्फत सदस्य र समुदायको समृद्धि रहेको विचार व्यक्त गर्नुभयो । यसैगरी, व्यवस्थापनको तर्फबाट नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र सहकारी बैंकका समकक्षी बद्रीकुमार गुरागाईंले  समग्र सहकारी अभियानमा देखा परेका समस्या समाधानका लागि नेफ्स्कून र बैंकबीच समन्वय आवश्यक रहेकोमा जोड दिनु भयो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नेफ्स्कूनको छोटकरीमा विवरण प्रस्तुत गर्दै तालिम शिक्षा तथा श्रोत विकास, सहकारीहरूका लागि एकीकृत नीति निर्देशिका निर्माण, साझा प्रविधि विकासमा सहकार्य, केन्द्रीय तरलता कोष स्थापनाका लागि बहस, सञ्जाल व्यवस्थापनमा सहकार्य र सहजीकरण, सहकारी ऐनका व्यवस्थाहरू कार्यान्वयनमा सहकार्य र सहकारीका सिद्धान्त, मूल्य मान्यता र मापदण्डहरूको प्रवर्द्धनमा सहकार्यको लागि द्धिपक्षीय सहकार्यका सम्भावना व्यक्त गर्नुभयो । 

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बैंकको संक्षिप्त परिचय राख्नुहुँदै नेपालको सहकारी अभियानमा देखा परेका समस्या र वित्तीय सहकारी संस्थामा देखा परेको समस्यालाई समाधान गर्नको लागि बैंक र नेफ्स्कूनबीचको समन्वय आवश्यक रहेको विषयमा जोड दिनु भयो । उहाँले वित्तीय सहकारीको स्थायित्व एवम् दिगो सञ्चालनको लागि २०७७ सालमा बैंक र नेफ्स्कूनबीच गठन भएको कार्यदलले सहकार्य क्षेत्रको अल्पकालीन एवम् दीर्घकालीन प्राथमिकिकरण गरिएको उल्लेख गर्दै कोभिड–१९, जस्ता महामारीको समयमा सहकारी सञ्चालनमा साझा धारणा निर्माण देखि तरलता व्यवस्थापनमा सहजीकरण र तरलता व्यवस्थापन कोषको गठनले सहकारी क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनु भयो ।

कार्यक्रममा नेफ्स्कूनको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकालसहित बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लगायत सञ्चालक समिति तथा  प्रमुख कार्यकारी अधिकृत सापकोटा सहभागी हुनुभएको थियो भने बैंकको तर्फबाट अध्यक्ष के।बी। उप्रेतीसहित निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, सञ्चालकहरु रामहरि बजगाईं, केदार मानन्धर, पार्वती थापा मगर, मनोज कुमार थापा मगर, ध्रुवराज विष्ट, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नायब प्रमुख कार्यकारी मनोज खड्का, नायब महाप्रबन्धक राजेश श्रेष्ठको सहभागिता रहेको थियो ।

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

१८ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

२० घण्टा अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

१८ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

पाठकबाट थप