सहकारी अभियान सुदृढीकरणका लागि नेफ्स्कून र सहकारी बैंकबीच सहकार्यमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियान सुदृढीकरणका लागि नेफ्स्कून र सहकारी बैंकबीच सहकार्यमा जोड

ललितपुर । सहकारी अभियानको सुदृढीकरण र दिगोपनाका लागि नेफ्स्कून र राष्टिय सहकारी बैंकबीच सहकार्य आवश्यक भएको भन्दै त्यसका लागि काम गर्ने प्रतिबद्धता दुबै पक्षबाट व्यक्त भएको छ । सहकारी क्षेत्रमा देखा परेका यावत समस्या समाधानका लागि पनि एकताबद्ध र संगठित प्रयास आवश्यक भएको भन्दै नेफ्स्कून र बैंकबीच सहकार्यात्मक सम्बन्ध विकास गर्दै लाने दिशामा दुबै पक्ष सहमत भएका हुन् । नेफ्स्कूनको नयाँ सञ्चालक समितिका माध्यमबाट सहकार्यको सन्देश प्रवाह गर्ने गरी काम गरिनुपर्ने विचार समेत दुबै पक्षको नेतृत्व र व्यवस्थापनबाट व्यक्त भएको छ ।

नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न हिजो आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती दुबैले सहकार्य र समन्वयको आवश्यकतामा बिशेष जोड दिनुभएको हो ।  

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीका विद्यमान सङ्कट समाधानका लागि सहकारी अभियान एकसाथ अघि बढिरहेका थुप्रै दृष्टान्तहरु रहेको भन्दै नेफ्स्कून र सहकारी बैंक सामूहिक ऐक्यबद्धतासहित अघि बढ्दै सहकारी अभियानलाई ठिक ढङ्गले गति प्रदान गर्ने दिशामा प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । अध्यक्ष ढकालले विगतमा बैंक र नेफ्स्कूनबीच भए गरेका सहकार्यको स्मरण गर्दै वर्तमान सञ्चालक समितिले सहकारी अभियानको साझा मुद्दामा हातेमालो गर्दै जाने बताउनुभयो ।  

कार्यक्रममा सहकारी बैंककाअध्यक्ष केबी उप्रेतीले नेपालको समग्र सहकारी अभियान सुदृढीकरणका लागि नेफ्स्कून र बैंक सहयोग र सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले विगतमा बैंक र नेफ्स्कूनबीच विभिन्न क्षेत्रमा सहकार्यात्मक सम्बन्ध विस्तार भएको चर्चा गर्दै नव निर्वाचित सञ्चालक समितिसँग मिलेर हाल सहकारी क्षेत्रमा देखा परेका विभिन्न समस्यालाई समाधान गर्न सके सहकारी क्षेत्रको साख अझ बढ्न सक्ने बताउनुभयो । उहाँले सहकारी अभियानलाई सबल र सक्षम बनाउन  नेफ्स्कून र सहकारी बैंक समन्वय गरी अघि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

 कार्यक्रममा नेफ्स्कूनको सञ्चालक समितिका तर्फबाट धारणा राख्ने सबैले सहकार्यको संस्कृति निर्माणको आवश्यकतामा जोड दिदैं सहकारिताको मर्म नै सहकार्यमार्फत सदस्य र समुदायको समृद्धि रहेको विचार व्यक्त गर्नुभयो । यसैगरी, व्यवस्थापनको तर्फबाट नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र सहकारी बैंकका समकक्षी बद्रीकुमार गुरागाईंले  समग्र सहकारी अभियानमा देखा परेका समस्या समाधानका लागि नेफ्स्कून र बैंकबीच समन्वय आवश्यक रहेकोमा जोड दिनु भयो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नेफ्स्कूनको छोटकरीमा विवरण प्रस्तुत गर्दै तालिम शिक्षा तथा श्रोत विकास, सहकारीहरूका लागि एकीकृत नीति निर्देशिका निर्माण, साझा प्रविधि विकासमा सहकार्य, केन्द्रीय तरलता कोष स्थापनाका लागि बहस, सञ्जाल व्यवस्थापनमा सहकार्य र सहजीकरण, सहकारी ऐनका व्यवस्थाहरू कार्यान्वयनमा सहकार्य र सहकारीका सिद्धान्त, मूल्य मान्यता र मापदण्डहरूको प्रवर्द्धनमा सहकार्यको लागि द्धिपक्षीय सहकार्यका सम्भावना व्यक्त गर्नुभयो । 

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बैंकको संक्षिप्त परिचय राख्नुहुँदै नेपालको सहकारी अभियानमा देखा परेका समस्या र वित्तीय सहकारी संस्थामा देखा परेको समस्यालाई समाधान गर्नको लागि बैंक र नेफ्स्कूनबीचको समन्वय आवश्यक रहेको विषयमा जोड दिनु भयो । उहाँले वित्तीय सहकारीको स्थायित्व एवम् दिगो सञ्चालनको लागि २०७७ सालमा बैंक र नेफ्स्कूनबीच गठन भएको कार्यदलले सहकार्य क्षेत्रको अल्पकालीन एवम् दीर्घकालीन प्राथमिकिकरण गरिएको उल्लेख गर्दै कोभिड–१९, जस्ता महामारीको समयमा सहकारी सञ्चालनमा साझा धारणा निर्माण देखि तरलता व्यवस्थापनमा सहजीकरण र तरलता व्यवस्थापन कोषको गठनले सहकारी क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनु भयो ।

कार्यक्रममा नेफ्स्कूनको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकालसहित बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लगायत सञ्चालक समिति तथा  प्रमुख कार्यकारी अधिकृत सापकोटा सहभागी हुनुभएको थियो भने बैंकको तर्फबाट अध्यक्ष के।बी। उप्रेतीसहित निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, सञ्चालकहरु रामहरि बजगाईं, केदार मानन्धर, पार्वती थापा मगर, मनोज कुमार थापा मगर, ध्रुवराज विष्ट, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नायब प्रमुख कार्यकारी मनोज खड्का, नायब महाप्रबन्धक राजेश श्रेष्ठको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप