‘कोअपरेटिभ कनेक्टिभीटी’ का लागि दोस्रो काठमाडौं साकोस समिट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘कोअपरेटिभ कनेक्टिभीटी’ का लागि दोस्रो काठमाडौं साकोस समिट

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले यही माघ ११ गते बिहिवार दोस्रो काठमाडौं साकोस समिट २०८० आयोजना गर्दैछ । विशेषतः काठमाडौं जिल्ला भित्रका बचत तथा ऋण सहकारीहरुलाई लक्षित गरी आयोजना गरिएको समिटको तयारी भव्य रुपमा चलिरहेको छ । सहभागीहरुको संख्या दिनहुँ बढिरहेको दाबी कास्कूनले गरेको छ । कास्कूनले ३ सयको हाराहारीमा सहभागी पुग्ने विश्वास लिएको छ ।

समिट आयोजना तयारीको यसै व्यस्तता बीच कास्कूनका अध्यक्ष दिपक पनेरुले साकोस आवाजसँग कुरा गर्दै सहकारीका जल्दाबल्दा विषयहरु मन्थनसहित निकास निकाल्ने थलो समिट हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, पछिल्लो समय सहकारी क्षेत्रप्रति देखापरेको समुदायको अविश्वास र आशंका निवारण गर्दै विश्वास पुनर्स्थापना (इमेज रेस्टोरेशन) गर्न समिट सफल हुनेमा हामी निश्चिन्त छौं ।’

जब छविमाथिका आशंकाहरु हट्दै जान्छन्, तब पक्कै नयाँ सम्भावना र अवसरहरु सृजना हुँदै जान्छन्,’ नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष समेत रहनुभएका पनेरुले भन्नुभयो, ‘सहकारीमार्फत समृद्धिका लागि कोअपरेटिभ कनेक्टिभीटीको काम काठमाडौं साकोस समिटले गर्नेछ । यही कनेक्टिभीटीले समृद्धिको मार्ग प्रशस्त गर्नेछ । यसमा हामी आशावादी मात्र होइन विश्वस्त पनि छौं ।

उहाँले भन्नुभयो, ‘कनेक्टिीभीटीका लागि कोअपरेशन आवश्यक पर्दछ । यो समिटले थुप्रै सहकार्यको बाटो दिन्छ ।’ उहाँले सहकारी क्षेत्रमा सन् २०२४ को पहिलो महत्वपूर्ण जमघटले नयाँ सहकार्य, नौलो सद्भाव र अनेकौं सम्भावनाहरुको खोजी गर्ने दाबी गर्नुभयो । अभियानबीच साझा बुझाइ निर्माण गरी एकताबद्ध रुपमा ती सम्भावनाहरु छिचोल्दै गन्तव्यमा पुग्न मद्दत गर्ने उहाँको भनाइ छ ।

‘चुप लागेर बसेर हुँदैन,’ अध्यक्ष पनेरुले भन्नुभयो, ‘ दिग्गज व्यक्तिहरु, अभियन्ताहरु, सरकार, सरोकारवाला र सदस्यहरुको ठूलो जमघटमा सहभागी हुन म सबैलाई आग्रह गर्छु । किनकि, यो समिट केवल कास्कूनका लागि होइन, सहकारी अभियानको हितका लागि हो ।’ 

उहाँले भन्नुभयो, ‘छलफल, अन्तरसंवाद, मस्तिष्क मन्थन, प्रश्नोत्तर, सिकाइ मार्फत नै निकास निस्कन्छ, यो काठमाडौं साकोस समिट त्यही काम गर्ने साझा चौतारी हो ।’ कास्कून अध्यक्ष पनेरुले समिट प्रभावकारी बनाउन आवश्यक सबै तयारीहरु जोडतोडका साथ भैरहेको जानकारी गराउनुभयो । 

यसअघिको भेटमा पनि उहाँले आफूहरु निकै उत्साहित भएको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । पछिल्लो टेलिफोन सम्वादमा पनि उहाँले त्यही दोहोर्याउनुभयो, ‘विषयवस्तुको गहनता, प्रस्तोता र टिप्पणीकर्ताहरुको विज्ञता, यसले गर्ने दिशाबोध आदिबारे भौतिक, अभौतिक जानकारी गराएपछि रजिष्ट्रेशन बढेको छ ।’ 

समिटमा ‘सहकारीमा सुशासनका सवालहरुः कानूनी प्रशासनमा नियामकीय सहजता’ विषयमा नेपाल सरकारका पूर्व सचिव एवम् सहकारी विज्ञ गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ । उहाँको कार्यपत्रमाथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले टीप्पणी गर्नुहुनेछ ।

यस्तै, ‘साकोसको दिगो वृद्धिः मुल्य र मापदण्ड’ विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समिति सदस्य एवम् विकू साकोसका पूर्व अध्यक्ष केशव सापकोटाले प्रस्तुत गर्ने कार्यपत्रमाथि नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले टीप्पणी गर्नुहुनेछ भने ‘संकटमा सहकारी उद्यमको निरन्तरता’ विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले प्रस्तुत गर्ने कार्यपत्रमाथि सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले टीप्पणी गर्ने कार्यक्रम छ । यसबाहेक कास्कूनका व्यवस्थापक अरुण तिवारीले संघको परिचयसँगै समिटको थिमबार स्पष्ट पार्नुहुनेछ । समिटको निष्कर्ष सहित काठमाडौं घोषाणापत्र जारी गर्दै गर्ने कार्यक्रम सम्पन्न हुनेछ ।

कास्कूनले यो समिटको थीम ‘सहकारीको बैशिष्ट्य आत्मसात एवम् प्रवर्धन’ तय गरेको छ । सामाजिक उद्यमका रुपमा स्थापित सहकारीमा सदस्यहरुको सहभागिता, केन्द्रियता र लोकतान्त्रिक पद्धतिसँगै यसका मूल्य, मान्यता र सिद्धान्तहरु नै यसको पृथकता हुन् । त्यही पृथकता यसकौ बैशिष्ट्य हो । यीनका बारेमा विज्ञहरुको प्रस्तुतिले सहकारी सञ्चालनका सुन्दरता थपिने विश्वास कास्कूनले लिएको छ । समिट काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजना हुँदैछ । 

अध्यक्ष पनेरुले भन्नुभयो, ‘समिटमा सहभागिता खर्च नभई लगानी हो । यो खालको जमघट कमै हुन्छ । एउटा संस्थाले यो स्तरको जमघट गराएर कार्यक्रम गर्न सम्भव हुँदैन, फेरि नेटर्वर्कीङ अपरच्युनीटी निक्कै महत्वपूर्ण छ । हिजोभन्दा आज केही नयाँ सिकिन्छ । सिकेका विषयहरुले सहभागीको बौद्धिकतासँगै संस्थाको व्यावहारिकतामा पनि परिपक्वता ल्याउँछ ।’

उहाँले सहकारी अभियान, अभियानको आवश्यकता, अभियानका चुनौती र सम्भावनाहरुसँगै नवप्रवर्तनका विषय बुझाउन समिट राखिएको भन्दै   अभियानका अपेक्षाहरु सम्बोधन गर्न, सिकाइको साझा मञ्च विकास गर्न र समिटमा सिकेबुझेका कुरा संस्थामा लागू गर्दा राम्रो हुन्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । 

समिटलाई व्यवस्थित र विधिसम्मत् बनाउन कास्कूनले महासचिव निरञ्जन सेढाईको संयोजकत्वमा गठन गरेको ३ सदस्यीय दोस्रो काठमाडौं साकोस समिट कार्यदलले सबै कामहरुलाई प्राथमिकीकरण गरी अघि बढाएको छ । ।  

कास्कूनले समिटलाई सहकारीकर्मीहरुबीच असल, अनुकरणीय र भविष्य निर्देशित गर्ने साझा मञ्चको रुपमा विकास गर्ने सोच अघि सारेको छ । साकोस अभियानको चुनौती, अपेक्षा र सम्भावनाहरुलाई विषयविज्ञहरुको गहन प्रस्तुति तथा सहभागीहरुको मननीय सुझावहरु समेटेर सघन मन्थन गरी निकास र निष्कर्ष निकाल्ने एउटै प्लेटफर्म काठमाडौं साकोस समिट भएको उसले जनाएको छ ।

कास्कून सञ्चालक समिति, उपसमितिहरु, व्यवस्थापनसहितको सिङ्गो टीम, छाता संघ, रणनीतिक साझेदारहरु, सञ्चारमाध्यमसँगै शुभचिन्तहरु सबैले समिटको सफलताको लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै कार्यक्रम सफल हुने अध्यक्ष पनेरुले बताउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप