नेफ्स्कून अध्यक्ष ढकाल र बारा पर्साका सहकारी अभियन्ताहरुबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष ढकाल र बारा पर्साका सहकारी अभियन्ताहरुबीच अन्तरक्रिया 

पर्सा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्सा र बारा जिल्लाका सहकारीकर्मीहरुसँग समसामयिक विषयमा बिरगंजमा अन्तरक्रियात्मक छलफल गर्नुभएको छ ।

पुस ५ गते बिरगंज पुग्नुभएका अध्यक्ष ढकाल दिनभर अभियन्ताहरुसँगको अन्तरक्रियामा व्यस्त रहनुभयो । भेटमा नेफ्स्कूनक सञ्चालक सदस्य शोभा कुमारी राउत र निवर्तमान सञ्चालक हरेराम पटेल जोडिनुभएको थियो भने राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिर्वाचित सञ्चालक सदस्य शम्भु गुप्ता, जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित, महासचिव जिस्नु बराल,  जिल्ला बचत संघ बाराका अध्यक्ष सत्येन्द्र ठाकुर, लगायत विभिन्न साकोसका अध्यक्ष र व्यवस्थापकहरु पनि सहभागी हुनुभएको थियो ।

समग्र कार्यक्रम व्यवस्थापन गर्नुभएका नेफ्स्कूनको सदस्य सेवा कार्यालय पर्साका प्रमुख गौतम कुमार साहका अनुसार हिजो मध्यान्ह पर्सा पुग्नुभएका अध्यक्ष ढकालले करिब ४ घन्टा अभियानकर्मीहरुसँग बिताउनुभयो । नेफ्स्कून सदस्य सेवा कार्यालयमा भएका भेटपछि उहाँले जिल्ला बचत संघ पर्सा र जिल्ला सहकारी संघ पर्साको कार्यालय पनि पुग्नुभएको थियो ।

भेटमा स्थानीय अभियानकर्मीहरुले सहकारीमा कर वृद्धि, जिल्लासंघ साझेदारी र सम्बन्ध, ऋण लगानी तथा असुलीमा देखिएका विविध समस्या, आदिबारे जिज्ञासा र सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रत्युत्तरमा नेफ्स्कून अध्यक्ष ढकालले कर वृद्धिको विषय सम्बोधनका लागि अर्थ मन्त्रीसँग व्यक्तिगत तवरमा र अभियानको तर्फबाट पनि प्रयास भैरहेको जानकारी गराउनुभयो । यस्तै, जिल्ला संघहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लाने नेफ्स्कूनको मनसाय स्पष्ट पार्नुभयो । उहाँले साकोस ऐनको विषयमा जिल्ला संघहरुबाट पनि आवाजहरु थप मुखरित भएर आउनुपर्ने बताउनुभयो भने नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आवद्धता र स्थिरीकरण कोषमा योगदानको विषय पनि राख्नुभएको थियो ।

नेफ्स्कूनको नयाँ सञ्चालक समितिले मधेश प्रदेशको सहकारी अभियानलाई थप सशक्त बनाउन कुरामा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘मधेश प्रदेशको सहकारी अभियानलाई साथै लिएर नेफ्स्कून हिड्छ, ‘अध्यक्ष ढकालले भन्नुभयो, ‘हाम्रा बहसपैरवीहरुमा ऐक्यबद्धता र कार्यक्रमहरुमा यहाँहरुको दरिलो साथ र समर्थन आवश्यक पर्दछ ।’ उहाँले अभियानकर्मीहरुको सुझावहरुलाई आत्समात गरी अघि बढ्ने विश्वास पनि दिलाउनुभयो ।

एक अर्को प्रसङ्मा उहाँले ऋण तिर्नु सबैको दायित्व भएको उल्लेख गर्दै यस विषयलाई मनन् गर्न आग्रह गर्नुभयो । वित्तीय कारोबार संवदेनशील हुने भन्दै अध्यक्ष ढकालले समयमै किस्ता बुझाइ असल ऋणी बन्न सदस्यहरुलाई सबैले सिकाउनुपर्ने र संघहरुले पनि यो विषयलाई हेक्का राख्नुपर्ने सुझाउनुभयो । यसो गर्दा प्राप्त हुने नतिजा सबैका लागि 'विन-विन' हुने उहाँको तर्क थियो ।

उक्त अवसरमा नेफ्स्कूनका अध्यक्ष ढकाल र सञ्चालक शोभा कुमारी राउतलाई बारा र पर्साका अभियानकर्मीहरुले बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप