दोलखाका सहकारीकर्मीसँग नेफ्स्कून सिईओको अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाका सहकारीकर्मीसँग नेफ्स्कून सिईओको अन्तरक्रिया 

दोलखा । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले आज दोलखाका सहकारीकर्मीहरुसँँग साकोस अभियानका जल्दाबल्दा साझा समस्या र नेफ्स्कूनसँग सदस्य संघसंस्थाहरुको अपेक्षाका विषयमा अन्तरक्रिया गर्नुभएको छ । उक्त कार्यक्रममा दोलखा जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्मा, दोलखा सहकारी संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष जगत प्रसाद सुवेदी लगायत २२ जना सहकारीकर्मीहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले सहकारीलाई उत्पादनसँग जोडिने विषय, सन्दर्भ व्याजदरको विषयमा संघले बहस पैरवी गर्नुपर्ने विषयमा जोड दिनुभयो । त्यस्तै मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले सहकारीमा नगद, ऋण फाइल अनुरुप भिडान नहुनु जोखिम रहेको हुदाँ यस्ता विषयमा नेफ्स्कून तथा जिल्ला सहकारी तथा बचत संघले भूमिका खेल्नुपर्ने विषयमा जोड दिनुभयो भने कर्जा सुचना केन्द्रको स्थापना गर्न नेफ्स्कुनको पहलकदमी हुनुपर्ने धारणा राख्नुभयो ।

यसैगरी अर्थभूमि साकोसका व्यवस्थापक विपिन श्रेष्ठले नियामक निकायले साकोस अभियानलाई हेर्ने गिद्धे नजरमा परिवर्तन ल्याउनुपर्ने विषय राख्नु भएको थियो । शिक्षक कल्याण साकोसका व्यवस्थापक नविन काफ्लेले स्थिरीकरणका विषयमा जिज्ञासा राख्नुभयो । त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष जगत प्रसाद सुवेदी आदिले जिज्ञासा तथा अपेक्षा राख्नुभएको थियो ।

सहकारीकर्मीहरुको जिज्ञासा सम्बोधन गर्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले दोलखा साकोस अभियानको सिकाइको केन्द्रविन्दु तथा सहकारीको उर्वरभूमि रहेको विषय राख्नुभएको थियो । उहाँले अब नेफ्स्कूनको गुणस्तर सुनिश्चितता कार्यक्रममा रहेका १ सय संस्थालाई लाइभ मोनिटरिङमा जोडिने विषय राख्नुभयो । सहकारी संस्था स्वचालित संस्था भएको हुदाँ हाल सहकारीका समस्या बाह्य पक्षबाट भन्दा आन्तरिक पक्षबाट देखिएको विषयमा जोड दिनुभयो ।

सहकारी संस्थामा व्यवस्थापक भन्दा ऋणको कर्मचारी अव्वल हुनुपर्ने विषयमा उहाँले जोड दिनुभयो । स्थिरीकरण कोष अभियानको जगेडा कोष भएको हुदाँ कोषमा आवद्ध भएको संस्थाको अनुगमन गर्ने तथा कोषमा आवद्ध संस्थाहरुसँग शुल्क नलिइ कार्यक्रमलाई अगाडि बढाउने विषय राख्नुभएको थियो । सहकारी संस्थाले हाल प्रयोग गरिएको प्रविधिको आइटी अडिट नगरीएको हुँदा प्रविधि राख्ने विषयमा चनाखो रहन पनि उहाँले अनुरोध गर्नुभयो । नेफ्स्कून र जिल्ला संघ साझेदारी कार्यक्रमको विशेष महत्व भएको हुदाँ अभियानको अपनत्व हुने गरी कार्यक्रमलाई अगाडि बढाइने विषयमा उहाँको जोड थियो । नेफ्स्कूनले पहिलो चरणमा कम्तिमा एक्सेस कार्यक्रममा आवद्ध संस्थाहरुलाई कर्जा सुचना केन्द्रमा जोड्ने विषयमा पहल गरिने कुरा जानकारी गराउनुभयो ।

कार्यक्रम संचालन नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालय इन्चार्ज दिनेशराज गौतमले गर्नुभएको थियो भने उक्त अवसरमा संघका कार्यक्रम अधिकृत सुमनराज घिमिरे, चित्र भण्डारी, थल प्रसाद चौलागाई, सुदिप बस्नेत, निरूता सुवेदीको पनि सहभागिता थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप