कास्कून मुख्य कार्यालयमा केही घन्टा........
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कून मुख्य कार्यालयमा केही घन्टा........

२०८० माघ ३ गते बुधवार । अपरान्ह करिब १ बजेतिर यो पङ्क्तिकार काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को चाबहिलस्थित मुख्य कार्यालय पुग्दा अध्यक्ष दिपक पनेरु र व्यवस्थापक अरुण कुमार तिवारी छलफलमा व्यस्त हुनुहुन्थ्यो । सामान्य शिष्टाचार साटियो ।

व्यवस्थापकको कार्यकक्षमा 'हिटर' ताप्दै अध्यक्ष पनेरु माघे जाडोको आक्रमणको प्रतिवाद गर्दै हुनुहुन्थ्यो । नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष समेत रहनुभएका पनेरुसँगको छलफलको सुरुवात स्वाभाविक रुपमा नेफ्स्कूनबाटै भयो । उहाँले हिजोका केही कुराहरु कोट्याउनुभयो । तर, त्यो बसाइलाई उपलब्धिमूलक बनाउन हामी हत्तनपत्त पुस छोडेर माघमै फर्कियौं । उद्देश्य र विषयवस्तु केन्द्रित भयौं–तातोपानी र ‘ब्ल्याक टी’ सँगै ।

कास्कून अध्यक्ष र व्यवस्थापकले माघ ११ गते बिहिवारका लागि तय भएको दोस्रो काठमाडौं साकोस समिट २०८० लाई प्रभावकारी बनाउने, सञ्चार र प्रचार प्रसारलाई व्यापक बनाउने, सहभागिता सुनिश्चित गर्ने, सदस्य संस्थाहरुलाई आवश्यक सूचना विविध माध्यमबाट प्रवाह गर्ने, स्मारिका, स्रोत पुस्तिका छपाईसँगै लजिष्टिक तयारी व्यवस्थित गर्ने, कार्यपत्र प्रस्तोता र टिप्पणीकर्तासँग आवश्यक समन्वयसँगै सम्पर्कमा रहने, लगायतका कामको संयोजन जोडतोडका साथ भैरहेको जानकारी गराउनुभयो । अध्यक्ष र व्यवस्थापकको मोबाइल तारन्तार बजेको बज्यै थिए । त्यसैबीच यो पङ्क्तिकार आफ्ना जिज्ञासाहरु शान्त पार्दै थियो । ‘कन्टेन्ट कलेक्ट’ गर्दै थियो ।

‘हामी धेरै उत्साहित छौं,’ अध्यक्ष पनेरुले भन्नुभयो, ‘केही दिनअघि सम्म सहभागिता अपेक्षाकृत नहुने हो कि भन्ने लागेको थियो तर यसबीच हामीले समिटको औचित्य, विषयवस्तुको गहनतासँगै प्रस्तोता र टिप्पणीकर्ताहरुको विज्ञता, यसले गर्ने दिशाबोध आदिबारे भौतिक, अभौतिक जानकारी गराएपछि रजिष्ट्रेशन ह्वात्तै बढेको छ ।’ 

समिटमा ‘सहकारीमा सुशासनका सवालहरुः कानूनी प्रशासनमा नियामकीय सहजता’ विषयमा नेपाल सरकारका पूर्व सचिव एवम् सहकारी विज्ञ गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ । उहाँको कार्यपत्रमाथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले टीप्पणी गर्नुहुनेछ ।

यस्तै, ‘साकोसको दिगो वृद्धिः मुल्य र मापदण्ड’ विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समिति सदस्य एवम् विकू साकोसका पूर्व अध्यक्ष केशव सापकोटाले प्रस्तुत गर्ने कार्यपत्रमाथि नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले टीप्पणी गर्नुहुनेछ भने ‘संकटमा सहकारी उद्यमको निरन्तरता’ विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले प्रस्तुत गर्ने कार्यपत्रमाथि सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले टीप्पणी गर्ने कार्यक्रम छ । यसबाहेक कास्कूनका व्यवस्थापक अरुण तिवारीले संघको परिचयसँगै समिटको थिमबार स्पष्ट पार्नुहुनेछ । समिटको निष्कर्ष सहित काठमाडौं घोषाणापत्र जारी गर्दै गर्ने कार्यक्रम सम्पन्न हुनेछ ।

कास्कूनले यो समिटको थीम ‘सहकारीको बैशिष्ट्य आत्मसात एवम् प्रवर्धन’ तय गरेको छ । सामाजिक उद्यमका रुपमा स्थापित सहकारीमा सदस्यहरुको सहभागिता, केन्द्रियता र लोकतान्त्रिक पद्धतिसँगै यसका मूल्य, मान्यता र सिद्धान्तहरु नै यसको पृथकता हुन् । त्यही पृथकता यसकौ बैशिष्ट्य हो । यीनका बारेमा विज्ञहरुको प्रस्तुतिले सहकारी सञ्चालनका सुन्दरता थपिने विश्वास कास्कूनले लिएको छ । समिट काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजना हुँदैछ । 

‘हामीलाई काठमाडौं बाहिर त्यसमा पनि खासगरी मधेश प्रदेशबाट पनि सहकारीकर्मी साथीहरुले समिटमा सहभागिताको इच्छा जाहेर गर्नुभएको छ, ’अध्यक्ष पनेरुले भन्नुभयो, ‘त्यस्तै, बचत तथा ऋण बाहेकका सहकारीका साथीहरुबाट पनि समग्र सहकारी अभियानको विषयमा छलफल, सिकाइ, अनुभव र सम्पर्क हुने भएकाले भाग लिन पाए हुन्थ्यो भनेर सोधीखोजी भएको छ ।’ कार्यक्रमको थप प्रचारप्रसारले सहभागिता थप बढ्नेमा कास्कून विश्वस्त रहेको उहाँले दाबी प्रस्तुत गर्नुभयो ।

अध्यक्ष पनेरुले थप्नुभयो, ‘यस्ता कार्यक्रमहरुमा सहभागिता खर्च नभई लगानी हो । यो खालको जमघट कमै हुन्छ । एउटा संस्थाले यो स्तरको जमघट गराएर कार्यक्रम गर्न सम्भव हुँदैन, फेरि नेटर्वर्कीङ अपरच्युनीटी निक्कै महत्वपूर्ण छ । हिजोभन्दा आज केही नयाँ सिकिन्छ । सिकेका विषयहरुले सहभागीको बौद्धिकतासँगै संस्थाको व्यावहारिकतामा पनि परिपक्वता ल्याउँछ ।’

उहाँले थप्नुभयो, ‘वर्ड अफ माउथ निक्कै प्रभावकारी हुने रहेछ । बुझाउन सक्नुपर्छ । यो समिट केवल देखाउनका लागि होइन बुझाउनका लागि हो । सहकारी अभियान, अभियानको आवश्यकता, अभियानका चुनौती र सम्भावनाहरुसँगै नवप्रवर्तनका विषय बुझाउन यो समिट राखिएको हो ।’  अभियानका अग्ला अपेक्षाहरु सम्बोधन गर्न, सिकाइको साझा मञ्चको रुपमा विकास गर्न र समिटमा सिकेबुझेका कुरा संस्थामा लागू गर्दा राम्रो हुन्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष पनेरुले बताउनुभयो । त्यही कुरामा थप प्रष्ट पार्दै व्यवस्थापक अरुण कुमार तिवारीले करिब २ सयको सहभागिता सुनिश्चित भैसकेको जानकारी गराउनुभयो । 

व्यवस्थापक तिवारीले अघिल्लो समिटबाट सिकेका पाठहरुबाट यो पटक व्यवस्थापकीय चुस्तता देखिने गरी तयारी गरिएको दाबी गर्नुभयो । उत्साहित देखिनुभएका तिवारीले यो पङ्क्तिकारलाई सहभागीका लागि तयार पारिएको झोला, श्रोत पुस्तिकाको तयारी, कार्यक्रमको ढाँचा आदिबारे जानकारी गराउनुभयो ।

अध्यक्ष पनेरुले भन्नुभयो, ‘हाम्रा लागि पनि यो सिकाइ हो । कमजोरीहरु कम गर्ने हो निमिट्यान्न पार्न सकिन्न । हिजोबाट सिक्ने, आफ्नै अघिल्ला कार्यक्रमहरुबाट सिक्ने, अरुले गरेका कार्यक्रमहरुबाट सिक्ने र तयारीलाई बलियो बनाउने हो । त्यो काम हामीले गरेका छौं ।’ त्यसबीचमै अनलाइन दर्ता भैरहेको जानकारी पक्तिकारलाई गराउनुभयो । त्यही बिचमा पनि फोनमा कतिजनाले ‘समिटमा सहभागी हुन के गर्नुपर्ला ? मलाई थप जानकारीहरु इमेल तथा ह्वाट्सऐपमा पठाइदिनुहोला है, आदि भनेको सुनिन्थ्यो । 

समिटलाई व्यवस्थित र विधिसम्मत् बनाउन कास्कूनले महासचिव निरञ्जन सेढाईको संयोजकत्वमा गठन गरेको ३ सदस्यीय दोस्रो काठमाडौं साकोस समिट कार्यदलले सबै कामहरुलाई प्राथमिकीकरण गरी अघि बढाएको व्यवस्थापक तिवारीले जानकारी गराउनुभयो ।  

केही समय पछि नेपाल सहकारी पत्रकार समाज (सिजेएन) का अध्यक्ष काजी श्रेष्ठ पनि जोडिनुभयो । उहाँले सञ्चार माध्यमको भूमिका, कास्कून सिजेएन सहकार्य आदिबारे कुराहरु राख्नुभयो । त्यसअघि कास्कूनका लेखा सुपरिवेक्षण समितिका सदस्य श्यामकृष्ण श्रेष्ठ पनि सहभागी हुनुभएको थियो । उहाँ पनि निक्कै उत्साहित हुँदै समिटमा सहभागिताका लागि बेलाबेलामा आएका मोबाइल जिज्ञासाहरु आफै पनि व्यवस्थापक तिवारीको सहयोगमा सहजीकरण गर्दै हुनुहुन्थ्यो ।

कास्कूनले समिटलाई सहकारीकर्मीहरुबीच असल, अनुकरणीय र भविष्य निर्देशित गर्ने साझा मञ्चको रुपमा विकास गर्ने सोच अघि सारेको छ । साकोस अभियानको चुनौती, अपेक्षा र सम्भावनाहरुलाई विषयविज्ञहरुको गहन प्रस्तुति तथा सहभागीहरुको मननीय सुझावहरु समेटेर सघन मन्थन गरी निकास र निष्कर्ष निकाल्ने एउटै प्लेटफर्म काठमाडौं साकोस समिट भएको उसले जनाएको छ ।

सञ्चालक समिति, उपसमितिहरु, व्यवस्थापनसहितको सिङ्गो कास्कून टीम, छाता संघ, रणनीतिक साझेदारहरु, सञ्चारमाध्यमसँगै शुभचिन्तहरु सबैले समिटको सफलताको लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसले उद्देश्यलाई सफलीभूत बनाउने विश्वास अध्यक्ष र व्यवस्थापन दुबैको थियो । सँगै रहनुभएका सहकारी खबरका सम्पादक समेत रहनुभएका सिजेएन अध्यक्ष काजी श्रेष्ठले पनि ‘मिडिया मेसेजिङ’ लाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

समिटबारेको जानकारीले मन तृप्त हुँदै गर्दा खाजा सेटले भोक शान्त गरायो । करिब ३ घन्टा बितिसकेछ । सबैसँग बिदा मागेर कास्कून केन्द्रीय कार्यालय चाबहिलबाट पङ्क्तिकारको स्कुटर नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वरतिर हुँइकियो । ‘आज एउटा फरक शैलीको कन्टेन्ट राइटिङ गर्नुपर्ला’ भन्ने तयारी मनमा गर्दै...................
  


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप