सदस्यहरुलाई निरन्तर तालिम शिक्षामा जोड्दै भक्तपुर बचत संघ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरुलाई निरन्तर तालिम शिक्षामा जोड्दै भक्तपुर बचत संघ 

भक्तपुर । २०८० माघ ७ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा होटल सिटी गाउँ, भातढिकुर, भक्तपुरमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीको सात सिद्धान्तमध्ये पाँचौ सिद्धान्त तालिम, शिक्षा र सूचना अन्तर्गत संघले निरन्तर तालिम तथा शिक्षाको कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले संस्था सदस्यमा बजार प्रतिनिधि मार्फत पुग्ने भएकोले बजार प्रतिनिधिले संस्थाको बारेमा सम्पूर्ण जानकारी राखी सदस्यको बचत सुरक्षाको सुनिश्चता गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले वर्तमान अवस्थामा सदस्यलाई सहकारीका बारेमा सुसूचित गर्न बजार प्रतिनिधिले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

तालिमका प्रशिक्षक उपेन्द्र हुमागाईले सहजीकरण गर्दै हालको अवस्थामा बजार प्रतिनिधिहरु स्वउत्प्रेरित भई सदस्यहरुलाई निरन्तर सेवा, सम्पर्क र सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञान व्यवहारमा उतारे मात्र तालिम सार्थक रहने बताउनुभयोे ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीले सदस्यसँग मात्र कारोबार गर्ने भएकोले बजार प्रतिनिधि भन्दा पनि सदस्य सहायक भन्नुपर्ने बताउनुभयो । सदस्य सेवामा खटिने प्रतिनिधिले सदस्यलाई सही सूचना सम्प्रेषण गर्न सहकारीबारे निरन्तर ज्ञान हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तालिममा सहभागीहरुले छोटो अवधिको तालिममा पनि समुह कार्य, प्रवचन, रोल प्ले जस्ता  विधिबाट धेरै कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पुग्ने बताउनुभयो । तालिममा सदस्य संस्थामा कार्यरत ३९ जना बजार प्रतिनिधिहरुको सहभागिता थियो । तालिम समापनको संचालक संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप