सदस्यहरुलाई निरन्तर तालिम शिक्षामा जोड्दै भक्तपुर बचत संघ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरुलाई निरन्तर तालिम शिक्षामा जोड्दै भक्तपुर बचत संघ 

भक्तपुर । २०८० माघ ७ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा होटल सिटी गाउँ, भातढिकुर, भक्तपुरमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीको सात सिद्धान्तमध्ये पाँचौ सिद्धान्त तालिम, शिक्षा र सूचना अन्तर्गत संघले निरन्तर तालिम तथा शिक्षाको कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले संस्था सदस्यमा बजार प्रतिनिधि मार्फत पुग्ने भएकोले बजार प्रतिनिधिले संस्थाको बारेमा सम्पूर्ण जानकारी राखी सदस्यको बचत सुरक्षाको सुनिश्चता गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले वर्तमान अवस्थामा सदस्यलाई सहकारीका बारेमा सुसूचित गर्न बजार प्रतिनिधिले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

तालिमका प्रशिक्षक उपेन्द्र हुमागाईले सहजीकरण गर्दै हालको अवस्थामा बजार प्रतिनिधिहरु स्वउत्प्रेरित भई सदस्यहरुलाई निरन्तर सेवा, सम्पर्क र सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञान व्यवहारमा उतारे मात्र तालिम सार्थक रहने बताउनुभयोे ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीले सदस्यसँग मात्र कारोबार गर्ने भएकोले बजार प्रतिनिधि भन्दा पनि सदस्य सहायक भन्नुपर्ने बताउनुभयो । सदस्य सेवामा खटिने प्रतिनिधिले सदस्यलाई सही सूचना सम्प्रेषण गर्न सहकारीबारे निरन्तर ज्ञान हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तालिममा सहभागीहरुले छोटो अवधिको तालिममा पनि समुह कार्य, प्रवचन, रोल प्ले जस्ता  विधिबाट धेरै कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पुग्ने बताउनुभयो । तालिममा सदस्य संस्थामा कार्यरत ३९ जना बजार प्रतिनिधिहरुको सहभागिता थियो । तालिम समापनको संचालक संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप