विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गर्दै चितवनको नवदुर्गा भवानी साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गर्दै चितवनको नवदुर्गा भवानी साकोस

चितवन ।  नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लि.ले स्कूल स्कूलमा नवदुर्गा भवानी वित्तीय साक्षरता कार्यक्रम सञ्चालनको तयारी गरेको छ । साकोसले उक्त कार्यक्रमको उद्देश्य कलिला बालबालिकाको आर्थिक समुन्नतिका लागि आफु सँग भएको थोरै रकम बचत गर्दै जाँदा भविष्यमा आईपर्न सक्ने आर्थिक संकटलाई न्यूनीकरण गर्न र  बालबालिकाको भविष्यलाई आर्थिक रुपमा सुरक्षित बनाउन सहकारीमार्फत खेल्न सक्ने भूमिका प्रभावकारी बनाउनु रहेको जनाएको छ ।

संस्थाका सचिव रामकृष्ण पौडेलले भविष्यका कर्णधारहरुको रेखा कोर्न सहकारी पनि महत्वपूर्ण छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम राखिएको बताउनुभयो । सुशासनको सवालमा चितवन जिल्ला बचत संघबाट पटकपटक पुरस्कृत भएको साकोसले वार्षिक क्यालेन्डर अनुसार नै कार्यक्रम तय गरेको हो । यस्तै, साकोसले १५औं बार्षिक साधारणसभा पछि सदस्य बनेकाहरुलाई माघ १३ गते शनिबार “सहकारी शिक्षा तथा सदस्य अभिमुखीकरण साथै नयाँ सदस्य स्वागत कार्यक्रम” राखेको छ ।

उक्त दिन वित्तीय साक्षरताको कार्यक्रम पनि रहेकोले नवप्रवेशी सदस्यहरुलाई सहभागिताको लागि आह्वान समेत गरेको छ । माघ महिनामा साकोसले विद्यालय लक्षित वित्तीय साक्षरता कार्यक्रम राखेको छ । यस्तै, साकोसले' घरदैलो सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम' माघ १५ गते देखि मासिक रुपमा गर्ने योजना सार्वजनिक गरेको छ । साकोस नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता कार्यक्रम कर्ब्समा आवद्ध छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप