नाट्को फिलिपिन्सले मनायो ४७औं स्थापना दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नाट्को फिलिपिन्सले मनायो ४७औं स्थापना दिवस

फिलिपिन्सका सहकारीहरुको केन्द्रीय संघ नेशनल कन्फेडेरेशन अफ कोअपरेटिभ्ज (नाट्को) ले जनवरी २३ अर्थात् आज आफ्नो ४७औं स्थापना दिवस मनाएको छ । फिलिपिन्सका ५ वटा क्षेत्रीय सहकारी संघहरु मिली सन् १९९७ मा स्थापना भएको नाट्कोमा हाल ८ सय १२ सहकारीहरुमार्फत ५१ लाख सदस्य जोडिएका छन् । ७७ प्रदेशमा सेवारत नाट्को नेटवर्कका १९७५ कार्यालय छन् भने ७० बढी एटीएम सञ्चालनमा छ । ८१२ सहकारीहरुको गरी कूल सम्पत्ति $2,684,071.52 (USD)  रहेको छ । सन् १९७९ अप्रिल १ मा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को सदस्य बनेको नाट्को सन् २००० को सेप्टेम्बर २५ माा एशियाली ऋण महासंघ (अकू) सँग पनि आवद्ध भएको थियो । 

स्थापना दिवसको अवसरमा नाट्को नेटवर्कले आज भर्चुअल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहकारी अभियन्ता, सञ्चालक समिति तथा उपसमितिहरुसँगै ५ सय जनाको सहभागिता थियो । कार्यक्रममा नाट्कोकी अध्यक्ष मारिया कोराजन मोन्टालानाले सदस्यहरुप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई संवेदनशील रुपमा लिन सबैलाई आग्रह गर्दै भन्नुभयो, ‘राम्रा र नराम्रा दुबै कामहरुको जस र अपजस हामीहरुले लिनुपर्छ । यति गर्न सक्यौं भने मात्र हामी युवाहरुको लागि उदाहरणीय बन्छौं । आखिरमा असफलताहरुले हामीलाई सिक्न, सुधर्न र अघि बढ्न मद्दत गर्दछ ।’
प्रमुख कार्यकारी अधिकृत सिल्भिया ओकिन्ले प्यारागुयाले नाट्कोको इतिहासबारे प्रस्तुति गर्नुभएको थियो । उहाँले नाट्कोलाई देशको एउटा सबैभन्दा ठूलो सहकारी संघ बनाउन अथक मिहेनत र परिश्रम गर्ने अगुवाहरुसँगै सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो । 

स्थिरीकरण कोषको असल अभ्यास गरेको नाट्कोको अनुभव नेफ्स्कूनको अगुवाई एवम् नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजनामा क्यूमेल्स श्रृङ्खलाको दोस्रो एपिसोडमार्फत नेपाली साकोस अभियानले भर्चुअल रुपमा सुन्ने र सिक्ने अवसर प्राप्त गरेको थियो ।

नाट्कोले एकीकृत सञ्जालको विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप