‘सहकारी क्षेत्रमा अहिलेको आवश्यकता पोजेटिभ भाइब्रेसन हो’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी क्षेत्रमा अहिलेको आवश्यकता पोजेटिभ भाइब्रेसन हो’ 

काठमाडौं । कर्ण शाक्यको परिचय बहुआयामिक छ । उहाँ उद्यमी हो । पर्यटन व्यवसायी हो । ‘फरेष्टर’ हुँदै पर्यावरणविद् हो । लेखक हो । सकारात्मक सोचका अभियन्ता अनि उत्प्रेरक हो । पर्यटन क्षेत्रका ‘आइकन’ उनै शाक्य सम्भवतः पहिलो पटक सहकारीकर्मीहरुको भेलामा पोखरामा सुनिदै हुनुहुन्छ ।

पर्यटन व्यवसायको बलियो चिनारीलाई ‘स्याडो’ मा पारेर पछिल्लो समय सकारात्मक सोच सहितका असल नागरिक निर्माणको उत्प्रेरणात्मक अभियानमा संस्थागत रुपमा जोडिनुभएका शाक्यले पोखरा र आसपासका जिल्लाका सहकारीकर्मीहरुसँग आउँदो शनिबार सफलता र असफलताहरु मिश्रित वैयक्तिक कथानक अनुभवसँगै सकारात्मक सोच, वैचारिक शुद्धता, खोज तथा अनुसन्धान, उद्यमशिलता, नवप्रवर्तन, संस्थागत आचरण, अभिप्रेरणा, आदि विषयहरुमा उत्प्रेरणामूलक विचारहरु साट्नुहुनेछ । 

र, यो मेसो मिलाउने काम गरेको छ, पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले । सदस्यहरुबीच वित्तीय कारोबारसँगै सधैं ‘केही नयाँ गरौं’ भन्ने सोच राख्ने पोखरा रोयल साकोसले समग्र ‘कोअपरेटिभ इकोसिष्टम’ को स्वस्थ्यता अक्षुण राख्न शाक्यको साथमा सकारात्मक उर्जा सञ्चार गर्ने प्रबन्ध मिलाएको छ । साकोसले ‘सकारात्मक सोच र सहकारी’ विषयक एक दिने बिचार गोष्ठी यसै सप्ताहन्तमा आयोजना गर्दैछ ।

शाक्यको जीवन सिकाइको पाठशाला हो । असम्भवलाई कसरी सम्भव बनाउने, असफलतालाई कसरी सफलतामा परिणत गर्ने र अफ्ठ्याराहरुलाई कसरी सहजतामा बदल्ने विषयमा उहाँको निजी र सार्वजनिक जीवनबाट धेरै सिक्न सकिने पोखरा रोयल साकोसले जनाएको छ ।

अनुभवी शाक्यले युवाहरुमा उद्यमशीलता, सृजनशीलता, कर्मशीलताका कुराहरु सुनाउँदै अभिप्रेरणा जागृत गर्ने विश्वास पोखरा रोयल साकोसले लिएको छ । उमेरले ८० वर्ष कटिसक्नुभएका शाक्य सकारात्मक उर्जाको यौवनावस्थामा हुनुहुन्छ । त्यसैले त असल नागरिक निर्माणको अभियानमा लाग्नुभएका शाक्यको प्रयासले अरु थुप्रै असल सहकारीकर्मीहरु पनि जन्माउने विश्वास गर्न सकिन्छ । 

धेरैवर्षअघि कर्ण सरको क्लासमा बसेको थिएँ, ’ पोखरा रोयल साकोसका प्रमुख कार्यकारी  अधिकृत भीम बहादुर गुरुङले भन्नुभयो, ‘होटल बाराहीमा भएको थियो त्यो क्लास, त्यसबाटै म प्रभावित भएको थिएँ, त्यसपछिका दिनमा उहाँका अन्य गतिविधिसँगै सृजनाहरुसँग साक्षात्कार गर्ने अवसर पाएँ ।’ सकारात्मक उर्जा सञ्चार गर्न सक्ने उहाँको लेखनी क्षमता मनपर्ने गुरुङले सुनाउनुभयो । 

‘हाम्रो साकोसका शिक्षा उपसमिति संयोजक हिरालाल श्रेष्ठको शाक्यसँग सामीप्यता रहेछ, ’प्रमुख कार्यकारी अधिकृत गुरुङले मोबाइल संवादमा सुनाउनुभयो, ‘उहाँहरुबीच दुबईमा चिनजान भएको रहेछ । हामीबीचको छलफलमा सहकारीमा सकारात्मक उर्जा प्रदान गर्ने कार्यक्रमको आवश्यकताको विषय प्रवेश गर्दा शाक्यको नाम आएको हो ।’ श्रेष्ठले शाक्यको ‘कर्ण सकारात्मक कोष’ को दुबई संयोजक भएर काम पनि गर्नुभएको रहेछ । कर्णको अनुभव र संवाद सहकारी क्षेत्रका लागि नौलो ‘टेष्ट’ हुने विश्वास गुरुङले व्यक्त गर्नुभयो ।

आफै पनि ‘गुड ओरेटर’ गनिएका गुरुङले भन्नुभयो, ‘हामीले पोजेटिभ भाइब्रेसनका लागि यो कार्यक्रम राखेका छौं । अहिले सहकारी क्षेत्रलाई चाहिएको नै ‘पोजेटिभ भाइब्रेसन’ हो । काम त हामीले राम्रो गरिरहेका छौं तर केहीले बद्मासी गर्दाको परिणामका कारण बिस्तारै बिग्रिरहेको भाष्य सुधारका लागि यो प्रयास हो ।’ संस्था र सदस्यबीच दोहोरो चिनाजानी र नियमित सम्पर्क भएको अवस्थामा सहकारीमा समस्या नै नहुने दाबी गुरुङले गर्नुभयो ।

संस्थामा अफ्ठेरो परेको बेला ‘सरभाइभल टु रिभाइभल’ का विषयमा शाक्यको अनुभव साँच्चै सुन्न र मनन गर्न लायक छ । सहकारी क्षेत्रका लागि पनि यो सिकाइ प्रभावकारी हुने विश्वास लिएको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा करिब २ सयको सहभागिता अपेक्षा गरिएको गुरुङले बताउनुभयो । पोखरा रोयलको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, युथ लिडरहरु, तथा उच्च व्यवस्थापनसँगै स्थानीय सहकारीकर्मीहरुका लागि पनि सहभागी हुन आग्रह गर्दै गुरुङले भन्नुभयो, ‘गुगल फारममार्फत वा कार्यालयमा सम्पर्क गरी नाम सहभागिता सुनिश्चित गर्न सकिने व्यवस्था मिलाएका छौं ।’

सहकारी क्षेत्रलाई सकारात्मक सोच सिकाउने यो सही समय हो, ’गुरुङले थप्नुभयो, ‘पोखरामा आयोजना हुने यो कार्यक्रमको सन्देश र यसले उत्पन्न गर्ने तरङ देशभर फैलने विश्वास पोखरा रोयल साकोसले लिएको छ । अन्त्यमा उहाँले थप्नुभयो,‘ माघ १३ गते शनिबार बिहान ११ बजे सबै सहकारीकर्मीहरुलाई रोयल दिदीबहिनी किचन, बुद्धचोकमा स्वागत छ है ।’
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप