दाङमा 'सदस्यसँग नेफ्स्कून अन्तरक्रिया' कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा 'सदस्यसँग नेफ्स्कून अन्तरक्रिया' कार्यक्रम

घोराही । नेफ्स्कून र जिल्ला बचत संघ लि दाङ को संयुक्त आयोजनामा 'सदस्यसँग नेफ्स्कून अन्तरक्रिया कार्यक्रम' माघ ९ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङ का अध्यक्ष बिमल अधिकारीले गर्नुभएको थियो भने नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् दाङ सदस्य सेवा कार्यालय संयोजक दामोदर अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथिमा घोराही उपमहानगरपालिका का उप–प्रमूख हुमा डि.सी.,अतिथिमा प्रदेश सहकारी संघ का सचिव रुप बहादुर खत्री, जिल्ला सहकारी संघ लि. दाङका बरिष्ठ उपाध्यक्ष माधव खनाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. की उपाध्यक्ष भगवती शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमूख अतिथि एवं नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले नेफ्स्कूनले प्रदान गर्दै अएको सेवा तथा कामका बिषयमा जानकारी गराउदै हाल वित्तीय क्षेत्रमा आएका बिषम परिस्थीतीका कारण सहकारी क्षेत्रमा परेको प्रभाव तथा यसलाई न्यूनीकरण गर्न नेफ्स्कूनले खेल्दै आएको भूमिका बारे जानकारी गराउनु भयो । हालको परिस्थितिबाट सहकारी क्षेत्रलाई बचाउनका निमित्त गर्दै आएको बहस पैरवी र आगामीदिनहरुमा खेल्ने रणनितिक योजनाबारे जानकारी गराउनु भयो । 

कार्यक्रमका बिशिष्ट अतिथि एवं घोराही उप–महानगरपालिका का उप–प्रमूख डि.सी. ले सहकारीमा हाल असहज परिस्थिति आउनुको कारण र त्यसबाट बच्नका लागि खेल्नुपने भुमिका बारे जानकारी गराउँदै घोराही उप–महानगरपालिका भित्र रहेका सहकारीहरुलाई सुशासनमा ल्याउनका निमित्त  अनुगमन तथा बिभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने बिषय जानकारी गराउनु भयो । कार्यक्रमका अतिथि एवं प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्रीले सहकारीहरुको सुदृढीकरण तथा कुशल सञ्चालनका लागि संघहरुले खेल्दै आएको भूमिका तथा आगामी दिनहरुमा खेल्नुपर्ने भूमिका बिषयमा जानकारी गराउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अतिथी एवं जिल्ला सहकारी संघ दाङका बरिष्ठ उपाध्यक्ष माधव खनाले सहकारी लाई सुशासनमा ल्याउन तथा सहकारी क्षेत्रलाई सवल बनाउन सदैव जिल्ला सहकारी संघ हातेमालो गर्दै अगाडि बढ्ने तथा सहकारी अभियानलाई धमिलो बनाउनेहरुको पहिचान गरी कडा कार्वाहीको माग गदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो । 

कार्यक्रमका अध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष बिमल अधिकारीले बित्तिय क्षेत्रमा परेको संकटबाट सहकारी पनि अछुतो रहन नसकेको जानकारी गराउदै यस्लाई सहज अवस्थामा ल्याउनका निमित्व सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

अतिथी एवं जिल्ला सहकारी संघ दाङका उपाध्यक्ष भगवती शर्माले स्वागत मन्तब्य राखेको कार्यक्रममा जम्मा ३२ वटा साकोसवाट ३८ जनाको सहभागिता रहेको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव रामकृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमको ब्यवस्थापन सदस्य सेवा कार्यालय सहायक दिनेश महराले गनुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप