रुपन्देही जिल्लाको सहकारी अभियानद्वारा नेफ्स्कूनको ध्यानाकर्षण  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देही जिल्लाको सहकारी अभियानद्वारा नेफ्स्कूनको ध्यानाकर्षण  

बुटवल । रुपन्देही जिल्लाको सहकारी अभियानले मुलुकको सहकारी क्षेत्रको गरिमालाई उचो बनाइराख्न सबैले आ-आफ्नो क्षेत्रबाट संवदेनशील र सचेत भइ सावधानीपूर्वक पहलकद्मी गर्नुपर्ने जनाएको छ । यसका लागि बचत तथा ऋण सहकारीहरुको शीर्ष छाता संघ नेफ्स्कूनको विशेष भूमिका हुने भन्दै जिल्लास्तरीय सहकारी अभियानले नेफ्स्कून नेतृत्वलाई यसतर्फ गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेफ्स्कूनले माघ ११ गते बुटवलमा आयोजना गरेको ‘सदस्यसँग नेफ्स्कून अन्तरक्रिया कार्यक्रम’ मा जिल्लाका सहकारी अभियन्ताहरुले सहकारी ऐनका प्रावधानहरु कार्यान्वयन, परिपालना, दोस्रो तहको नियमनकारी निकाय गठनमा सक्रिय बहसपैरवी, सुशासन, राजनीतिक दलहरुलाई सहकारी मैत्री बनाउने वातावरण निर्माण, साकोस ऐन निर्माणको तदारुकता आदि विषयमा नेफ्स्कूनको बिशेष सक्रिय भूमिकाका लागि घच्घच्याउनुभएको थियो । नेफ्स्कूनका सेवा व्यवसायको सहज पहुँच, सर्वसुलभता र विस्तार, सदस्यता विस्तारसँगै सबलीकरण, स्थिरीकरण कोषको उपादेयता, सञ्जाल व्यवस्थापन, भुक्तानी प्रणालीको सञ्जालीकरण आदि विविध विषयमा उनीहरुले आफ्ना धारणासहित अपेक्षाहरु प्रस्तुत गरेका थिए ।

नेफ्स्कून सञ्चालक ज्ञानु पौडेलको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघ नेपालका लेखा सुपरिवेक्षण समिति संयोजक भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले जिल्लाको अभियानको अपेक्षा, सुझाव र विश्वासमा कुनै आशंका पैदा नहुने गरी नेफ्स्कूनको नयाँ सञ्चालक समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सरकार र सरोकारवाला निकायहरुसँगको बहसपैरवीलाई बाक्लो बनाउँदै, संघका वस्तु तथा सेवाहरुमा पुनर्विचारसहित तालिम, शिक्षा र सदस्य संघ संस्थाहरुसँगको सम्बन्धलाई कसरी बलियो, व्यवस्थित र बैज्ञानिक बनाउँदै प्रगाढता कायम गर्न सकिन्छ भनेर योजनाबद्ध तरिकाले सामूहिकताका आधारमा नेफ्स्कून सञ्चालक समितिले काम गर्ने विश्वास दिलाउनुभयो । बरिष्ठ उपाध्यक्ष अधिकारीले समूहगत छलफलबाट प्राप्त रचनात्मक सुझावहरु संघको आगामी रणनीतिक मार्गचित्र निर्माणका लागि निकै उपयोगी हुने जाानकारी गराउनुभयो ।

यसैगरी, नेफ्स्कून सञ्चालक सदस्य ज्ञानु पौडेलले सदस्यहरुबाटै सुझाव र अपेक्षाहरु संकलन गर्दै तिनलाई सम्बोधनका विधि र तौरतरिका स्थापित गर्ने काममा नेफ्स्कून सञ्चालक समितिले काम गर्ने बताउनुभयो । उहाँले नेफ्स्कूनले सधै सदस्यहरुको भावनाहरु प्रतिबिम्वित हुने गरी काम गर्ने भन्दै त्यसका लागि बटम अप अप्रोचमा सुझावहरु संकलन गरिएको जानकारी गराउनुभयो । सदस्यसँग नेफ्स्कूनले सम्बन्धहरु बलियो बनाउने काम गर्ने विश्वास उहाँले दिलाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ सञ्चालक टिका न्यौपाने, नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक सदस्य सन्दिप सापकोटा, लुम्बिनी प्रदेश बचत संघका लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण चौहान, रुपन्देही बचत संघका अध्यक्ष वसन्त ढकाल लगायतका अतिथिहरु सहभागी भई धारणाहरु राख्नुभएको थियो ।

कार्यक्रममा महासंघको ३१ औं वार्षिक साधारण सभावाट निर्वाचित लेखा सुपरिवेक्षण समिति संयोजक भिम तुलाचन र संचालक टिका न्यौपानेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागी ३० वटा संघ संस्थाका अध्यक्ष एवम प्रतिनिधिलाई विभिन्न समूहमा विभाजन गरी सुझाव र अपेक्षाहरु संकलन गरिएको नेफ्स्कून सदस्य सेवा कार्यालय रुपन्देही प्रमुख प्रकाश अधिकारीले जानकारी गराउनुभयो । कार्यक्रममा उहाँले प्रस्तुतिकरण समेत गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप