लमजुङको साकोस अभियानसँग नेफ्स्कूनको अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङको साकोस अभियानसँग नेफ्स्कूनको अन्तरक्रिया

बेसीशहर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि को सदस्य सेवा कार्यालय लमजुङको आयोजनामा 'सदस्यसँग नेफ्स्कून अन्तरक्रिया कार्यक्रम' माघ १३ गते बेसीशहरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका संचालक तथा सदस्य सेवा कार्यालय लमजुङका संयोजक गोपाल प्रसाद गौतमले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका निर्बतमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक परितोष पौड्याल रहनुभएको थियो भने बिशिष्ट अतिथिमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, अतिथिमा जिल्ला बचत संघका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ तथा जिल्ला बचत संघका नबनिर्बाचित संचालक समति तथा लेखा सुपरिवेक्षण समिति लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि परितोष पौड्यालले साकोस अभियान लाई राज्यले हेर्न दृष्टिकोण ठिक बनाउन लगातार रुपमा बहस पैरबी गरिएको र सहकारी ऐनमा देखिएका समस्याहरुलाई संशोधन गरी लागु गराउन पहल भइरहेको जानकारी सहित अन्य कुराहरु पनि राज्यसँग छलफल भइरहेको बताउनुभयो । नेफ्स्कूनको अहिलेको टिमसँग लामो समयदेखि सहकार्य गर्दै आएको हुँदा अहिलेको संचालक समितिले पनि साकोस अभियानलाई सुदृढीकरण गरी सही दिशातर्फ डोहोर्याउन सफल हुने कुरामा विश्वस्त रहेको बताउनुभयो । 

त्यस्तै, बिशिष्ट अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले नेफ्स्कूनले प्रदान गर्दै आएको सेवा तथा कामका बिषयमा जानकारी गराउँदै वित्तीय क्षेत्रमा आएको बिषम परिस्थितिका कारण सहकारी क्षेत्रमा परेको प्रभाव तथा यसलाई न्यूनीकरण गर्न नेफ्स्कूनले खेल्दै आएको भूमिकाबारे जानकारी गराउनु भयो । हालको परिस्थितिबाट सहकारी क्षेत्रलाई बचाउन सञ्चालन गरिदै आएको बहस पैरबी र आगामी दिनमा खेल्ने भूमिकाबारे नेफ्स्कूनका प्रबक्तासमेत रहनुभएका उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रमका अतिथि महेन्द्र लाल श्रेष्ठले जिल्ला बचत संघ लाई अगाडि बढाउन सबै साकोसको साथ र सहयोग को आवश्यक रहेको र सबै सङ्ग हातेमालो गर्दै साकोसहरुमा देखिएको समस्या समाधान गर्न कुनै कसुर बाँकी नराखी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा लक्ष्मिनारायण बचत तथा ऋण सहकारी सस्था लि की अध्यक्ष सिर्जना बराल र जनल्याण बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष ताराराज घलेले सहभागीहरुको तर्फबाट प्रतिनिधिमूलक रुपमा मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष नेफ्स्कून सञ्चालक गोपाल प्रसाद गौतमले आफू यसै सदस्य सेवा कार्यालयको संयोजक भएको हुँदा जिल्लाको साकोस अभियान लाई उचाइमा पुर्याउन आफूले गर्नुपर्ने साथ र सहयोग सधै रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले विगतमा आफू नेफस्कूनका सञ्चालक समितिलाई प्रश्न गर्ने ठाउँमा रहेको तर अहिले जबाफ दिने ठाउँमा पुगेको हुँदा आफूले प्रारम्भिक सस्था चलाउँदा र साकोस अभियानमा देखेको समस्या समाधानको लागि निरन्तर लागिरहने कुरा ब्यक्त गर्नुभयो । सदस्य सेवा कार्यालय लमजुङका इन्चार्ज बिनोद ढकालले सन्चालन गर्नुभएको कार्यक्रममा ३० वटा संस्थाबाट ५० जनाको सहभागिता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप