जोखिम व्यवस्थापनमा अष्ट्रेलियन अभ्यास र अनुभव सिकाइको अवसर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम व्यवस्थापनमा अष्ट्रेलियन अभ्यास र अनुभव सिकाइको अवसर

काठमाडौं । बचत तथा ऋण सहकारीहरुमा विभिन्न किसिमका जोखिमहरु स्वाभाविक रुपमा जन्मन्छन् । जोखिम विनाको उद्यम परिकल्पना गर्न पनि सकिदैन । मूल्यसहितको सामाजिक उद्यम सहकारीहरुले पनि जोखिम भार बहन गर्नुपर्दछ । त्यसमाथि वित्तीय कारोबार गर्ने साकोसहरुमा जोखिमको मात्रा तुलनात्मक रुपमा बढी हुन्छ । वित्तीय सहकारीहरुमा तरलता जोखिम, कानूनी तथा नीतिगत जोखिम, बजार जोखिम, प्रशासनिक जोखिम, ‘इएसजी’ जोखिम, लगानीको जोखिम, प्रतिष्ठा वा छविको जोखिम, प्रविधिको जोखिम लगायतका हुन्छन् ।

यसैबीच, जोखिमको अपरिहार्यतालाई साकोसहरुले कसरी बुझ्ने, व्यवस्थित गर्ने र ‘रिस्क एण्ड रिर्टन’ लाई कसरी वैज्ञानिक तवरले विश्लेषण गर्ने, यसका प्रतिरोधात्मक तथा निदानात्मक विधिहरु आदि विषयमा अष्ट्रेलियन अभ्यास, अनुभव, खोज र विश्लेषणको अवसर जुरेको छ ।

नेफ्स्कूनको अगुवाई तथा प्राविधिक सहयोग एवम् नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजनामा सञ्चालित वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) को चौथो एपिसोडमा आगामी फेब्रुअरी १ (माघ १८) मा अष्ट्रेलियन म्युचुअल बैंक (एएमबी) का प्रमुख कार्यकारी अधिकृत मार्क वर्थिङ्टनले ‘भ्युज फ्रम डाउन अन्डर’ राख्नुहुनेछ ।

यसैगरी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिृकत डा. शिवजी सापकोटाले अष्ट्रेलियन अनुभवबाट नेपाली साकोस अभियानले सिक्न सक्ने विषयहरुसँगै नेपालमा पछिल्लो समयमा वित्तीय सहकारीहरुले जोखिमको विषयलाई विश्लेषण गर्ने, नयाँ जोखिमहरु बुझ्ने र सावधानीपूर्वक कार्यसञ्चालन गर्ने कुराहरुमा 'भ्यालु एड' गर्ने कार्यक्रम रहेको छ ।  

जुम प्लेटफर्ममा बिहान ११ बजे सञ्चालन हुने उक्त कार्यक्रममा मार्कको प्रस्तुतिकरणसँगै सहभागीहरुलाई आफ्ना जिज्ञासाहरुमार्फत पनि नयाँ कुराहरु जान्न र बुझ्न सक्ने अवसर मिल्नेछ । 

२०१९ सालमा सिड्नी क्रेडिट युनियन तथा इन्डेभर म्युचुअल बैंकबीचको एकीकरणबाट स्थापना भएको अष्ट्रेलियन म्युचुअल बैंक (एएमबी) सदस्यहरुद्वारा सदस्यहरुकै वृहत्तर हित प्रवर्धनका लागि प्रजातान्त्रिक विधिबाट सञ्चालित सहकारी प्रारुपको बैंक हो । 

एएमबीलाई अष्ट्रेलियाको बैंकिङ कानून अन्तर्गत ‘अष्ट्रेलियन प्रुडेन्सिलय रेगुलेटोरी अथोरिटी–एपीआरए’ ले नियमन गर्दछ भने उसले प्रदान गर्ने बचत सेवामा प्रत्येक सदस्यको २,५०००० अमेरिकी डलरसम्म रकमको सुरक्षण समेत प्रदान गरिएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप