पर्यटन तथा संस्कृति क्षेत्रमा ऋण लगानी गर्न शुभकामना साकोसलाई सुझाव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पर्यटन तथा संस्कृति क्षेत्रमा ऋण लगानी गर्न शुभकामना साकोसलाई सुझाव

भक्तपुर । बागमती प्रदेश सभा सदस्य किरण थापाले पर्यटन तथा संस्कृति क्षेत्रमा सदस्यहरुलाई ऋण लगानी गर्न सुझाव दिनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र भक्तपुरको बिशिष्ट सांस्कृतिक पहिचान प्रवर्धनका दिशामा लगानी प्रवाह गर्न उहाँले साकोसलाई आग्रह गर्नुभएको हो । प्रदेश सभा सदस्य थापाले सहकारी मुल्य, मान्यता र नियम संगत ढंगले संचालन भएको शुभकामना साकोसलाई थप सफलताको कामना गर्दै सुरक्षित ऋण लगानीका लागि पनि सुझाव दिनुभयो । उहाँले पर्यटन तथा साँस्कृतिक पहिचानलाई स्थापित गर्न सदस्यहरुलाई ती क्षेत्रमा आवश्यक सीप, पुँजी र परामर्श प्रदान गर्न साकोसको ध्यानाकर्षण गराउनुभएको हो ।

शुभकामना साकोसको माघ १२ गते शुक्रबार आयोजना गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रमका प्रमुख अतिथि थापाले उक्त सुझाव राख्नुभएको हो । संस्थाको सञ्चालक समिति, उपसमिति, सल्लाहकारहरु तथा संस्थापकहरु र कर्मचारीहरु गरी १ सय १० जनाको उपस्थितिमा संचालित कार्यक्रममा संस्थाको गतिविधि र आर्थिक प्रतिवेदन सहितको अर्धवार्षिक बुलेटिन समेत विमोचन गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले हाल सहकारीमा समस्या आउनुको प्रमुख कारणहरुमध्ये सहकारी अभियानको सक्रियताको कमी, नियामक निकायको कमजोरी र अनावश्यक प्रलोभनमा पर्ने बचतकर्ता रहेको बताउनु भयो । 

संस्थाकी उपाध्यक्ष निर्मला सुवालले चार वर्षीय रणनीतिक व्यावसायिक योजनाको आधारमा बनाइएको चालु वर्षको कार्ययोजनाका समीक्षा गर्ने उद्देश्यले अर्धवार्षिक समिक्षा गोष्ठी आयोजना गरेको जानकारी गराउनुभयो । त्यस्तै, सचिव पुष्पलाल तिमिलाले संस्थाको वार्षिक कार्यक्रम प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष नारायण बहादुर बासुकलाले वित्तिय विवरण प्रस्तुत गर्नु भएको थियो । सोही आधारमा संस्थाको लक्ष्य र प्रगतिबारे छलफल गरिएको थियो । सल्लाहकार लक्ष्मीभक्त बासुकलाले अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरी संस्थाको वित्तीय विवरणबारे जानकारी गराउनुले संस्थाको आर्थिक हिसाबहरुमा पारदर्शिता रहेको सन्देश जाने  धारणा व्यक्त गर्नुभएको थियो ।

संस्थाकी प्रबन्धक रेश्मी श्रेष्ठले संस्थाको सम्पूर्ण अवस्थाबारे आफ्नो धारण सहित टिप्पणी प्रस्तुत गर्नुभएको थियो । संस्थाले लिएको ४ बर्षीय व्यावसायिक योजना अनुसार ९५ प्रतिशत लक्ष्य हासिल भएको उहाँले जानकारी गराउनुभएको थियो । त्यसैगरी संस्थाको गत आर्थिक बर्षको असार मसान्तको तुलनामा यस आर्थिक बर्षको पहिलो ६ महिनामा बचत संकलन  र ऋण लगानी दुबै बढेको उहाँले बताउनुभयो । गत आर्थिक बर्षको असार मसान्तमा ९२ करोड बचत रहेको संस्थाको चालु आर्थिक वर्षको पुस मसान्त सम्म १ अर्ब माथि पुगेको छ भने ऋण लगानी पनि वृद्धि भइ ९२ करोडबाट ९६ करोड पुगेको छ । यस अवधिमा संस्थाको कुल कारोबारमा वृद्धि भएर १ अर्ब २७ करोडबाट १ अर्ब ३५ करोड पुगेको उहाँले उल्लेख गर्नुभयो । संस्थामा गत पौष मसान्तसम्म २९ प्रतिशत तरलता रकम रहेको छ ।  प्रतिवेदन उपर छलफलको क्रममा संस्थापक विरेन्दमान सैंजु र कृष्ण प्रसाद दुवालले जिज्ञासा राख्नुभएको थियो । शुभकामना साकोस हाल एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप