आज मादल बजेको किन ? गाउँघर दुनियाँ ब्युझाउँन.......
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज मादल बजेको किन ? गाउँघर दुनियाँ ब्युझाउँन.......

काठमाडौं । जनकवि केशरी धर्मराज थापाको लोकप्रिय गीत ‘आज मादल बजेको किन ? गाउँघर दुनियाँ ब्युझाउँन’ भनेझै गाउँघर मात्र होइन दुनियाँभर मादलको ताल बज्नुपर्ने आवश्यकता आज छ । किनकि, साँस्कृतिक पहिचान बोेकेको मादल नेपाली लोकबाजा हो । मादल मौलिकताको मानक हो । लोक संस्कृतिको पर्याय हो । 

हिजो, मेला, पर्व, विवाह, व्रतबन्ध,औपचारिक कार्यक्रमहरु लगायत सामाजिक तथा साँस्कृतिक समारोहहरुमा मादलुको तालैमा छमछम नाच्ने गरिन्थ्यो । तर, पछिल्लो समय अवस्था फेरिदै गएको छ । विद्युतीय बाजा र ड्रम सेटको प्रयोग बढ्न थालेसँगै मादलको आवाज मन्द हुँदै गएको छ ।

नेपाली लोक धुन र परम्परागत बाजामा मादल अपरिहार्य झै मानिन्थ्यो । तर आज साँस्कृतिक अतिक्रमणका कारण परम्परा पलायनको तीरमा पुगेको छ । मादल व्यवसाय नै संकटमा परेको समाचारहरु सञ्चारमाध्यममा स्थान पाएका छन् । 

यसै चिन्ताप्रति चासो देखाउँदै भरतपुर–५ स्थित नारायणी बचत तथा ऋण सहकारी संस्था लि.ले मादलको ताल मन्द हुन नदिने अभियान आरम्भ गरेको छ । मादलको मौलिकता र परम्परा, महत्व, यसको धुन, यसको उत्पादन र यसमार्फत रोजगारी सृजनाका अवसरहरुको खोजी गर्न साकोसले एक महिने ‘मादल बजाउने तालिम’ सञ्चालन गरेको छ ।

२५ देखि ६५ वर्ष उमेरकाहरु गरी ६३ जना महिला तालिममा सहभागी भएको साकोसले जनाएको छ । तीमध्ये ११ जना सम्भावित सदस्य समेत रहेका छन् । माघ १४ गते सुरु भएको तालिम फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

परम्परागत लोक संस्कृति संरक्षणमा यो एउटा नौलो काम भएको तालिम उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले बताउनुभयो । त्यसमाथि बचत तथा ऋणको कारोबार गर्ने साकोसहरुले यस प्रकारको तालिम आयोजना गर्नुले पनि संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वप्रति उनीहरु साँच्चै संवदेनशील भएको पुष्टि गर्ने उहाँले बताउनुभयो ।

प्रमुख अतिथि अधिकारीले संस्थाले विभिन्न साँस्कृतिक तालिममार्फत सँस्कृति जगेर्ना तथा सीपमूलक तालिमहरुमार्फत समुदायको आर्थिक स्तर विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुहुँदै सहकारी सदस्य मैत्री हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि अधिकारीले हाल वित्तीय बजारमा सहकारी अभियानलाई दुरुत्साहित गर्ने नकारात्मक समाचारको बिगबिगी रहेको अवस्थामा समुदायमा आधारित नारायणी साकोस ऐन कानून तथा सुशासनमा आधारित रही सञ्चालित रहेकोले सदस्यले ढुक्ककासाथ संस्थामा आर्थिक कारोवार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । 

संस्थाले गरेको फरक कामको उहाँले आफ्नो फेसबुकमार्फत पनि प्रशंसा गर्नुभएको छ । साकोसले यस प्रकारको तालिमले सदस्य, समुदाय र संस्थाबीच सम्बन्ध प्रगाढ बनाउने र जीवनशैलीलाई पनि स्वस्थ्य बनाउन सहयोग पुर्याउने दाबी गरेको छ ।

कार्यक्रमा बिशिष्ठ अतिथि जिल्ला सहकारी संघ चितवनका कोषाध्यक्ष तथा भरतपुर-५ का निवर्तमान अध्यक्ष पदमपाणी सुवेदीले नारायणी सहकारी समुदायमा स्थापना भई समुदायमै रही सञ्चालन भएकोले सदस्य र संस्थाबीच सम्बन्ध प्रगाढ बनाउन विभिन्न कार्यक्रमहरु तथा तालिमहरुको आयोजना गर्नुपर्नेमा जोड दिनुहुँदै संस्थाले प्रदान गर्ने लाभांश र उपस्थिति खर्चको आधारमा नभई संस्थाले प्रदान गर्ने सेवा सुविधा तथा सदस्य केन्द्रीत कार्यक्रमहरुबाट संस्थाको मूल्याङ्कन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

 

भरतपुर-५ का वडा सदस्य मुना तमाङ्ग लामाले राज्यले गर्नुपर्ने काम सहकारीले गरेकोमा खुशी व्यक्त गर्दै वडा कार्यालयले सहकारी संस्थाहरुसँग सहकार्य गर्ने बिचार व्यक्त गर्नु भयो।

संस्थाको महिला तथा बालबालिका समन्वय उपसमिति संयोजक सिता कंडेल गौतमले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पराज भट्टले संगीतको भाषा, वर्ण, जात र सिमाना नहुने र संगीतले मनोरञ्जनका साथसाथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले मादल बजाउने तालिम पश्चात प्रशिक्षार्थीहरुलाई अन्य बाजा बजाउने तालिम पनि प्रदान गरिने जानकारी गराउनुभयो । यसले सँस्कृति जगेर्नासहित व्यक्तिको पहिचान पनि प्रभावी हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष भट्टले सेयर सदस्यहरुको चाहना र इच्छा पूरा गर्न संस्थाले सदैब प्रयास गर्ने बताउँदै छाता संगठनहरुसँग समन्वयन गर्दै सीपमूलक तालिमहरु पनि आयोजना गर्ने बताउनुभयो । 

तालिमका प्रशिक्षक हरिश्चन्द्र थापाले व्यक्ति अनुसार सिकाइ क्षमता फरक हुने तर देखासिकी र नक्कलले संगीतमा विद्या आर्जन गर्न नसकिने बताउनुभयो । उहाँले मादलका ताल तथा बोलबारे सामान्य जानकारी दिनुहुँदै मादलमा बिशेषत ख्याली र झ्याली ताल बढी प्रचलित रहेको बताउनुभयो । 

कार्यक्रम संचालक साकोसका सचिव हरिकृष्ण अधिकारीले संस्थाले महिला सेयर सदस्यहरुलाई लक्षित गरी सुत्केरी तथा नवजात शिशु भेटघाट, नयाँ बुहारी स्वागत , क्षमता विकास तालिम जस्ता कार्यक्रमहरुको आयोजना गरेको जानकारी दिनुहुँदै तालिममा सहभागिताले आगामी दिनमा थप कार्यक्रमहरु सञ्चालन गर्न हौसला प्रदान गरेको बताउनुभयो । अधिकारीका अनुसार उद्घाटन कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमितिहरु, सेयर सदस्यहरु, कर्मचारी तथा अन्य गरी १ सय जनाको जनाको उपस्थिति थियो ।

कार्यक्रममा प्रशिक्षार्थी गिता सापकोटाले शेयर सदस्यहरुको चाहना अनुसारका तालिमहरु संचालन गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्दै संस्थाको उज्जवल भविष्यको कामना गर्नुभयो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप