‘बागमती प्रदेश साकोस समिट–२०८०’ को तयारी तीब्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘बागमती प्रदेश साकोस समिट–२०८०’ को तयारी तीब्र

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते हुने ‘बागमती प्रदेश साकोस समिट–२०८०’ को तयारी जोडतोडका साथ भैरहेको छ । बागमती प्रोस्कूनले सहभागी दर्तादेखि कार्यपत्र प्रस्तोताहरुसँग समन्वयसँगै अन्य लजिष्टिक विषयमा तयारीहरु तीब्रताका साथ भैरहेको जनाएको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मनहोम हस्पिटालिटीमा हुने समिटमा बागमती प्रदेश भरका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनले जनाएको छ । 

‘सहकारी सुदृढीकरणको आधारस् सहकार्य, एकता र विश्वास’ भन्ने मूल थिमका साथ हुन लागेको समिटको उद्देश्य सदस्य संघरसंस्थाका सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका असल अभ्यासहरुलाई धेरै संस्थामा पुर्‍याउने र अभियानमा ऐक्यवद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाइ राख्ने रहेको छ ।

त्यसैगरी अभियानका साझा सबालहरुमा साझा धारणा विकास गरी बहस पैरवीमा प्रभावकारिता ल्याउने, सहकारीका वर्तमान चुनौतीहरुको सामनाका लागि कार्यक्रममार्फत सबै संस्थालाई जागरुक गराउने र बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता कायम गर्ने उद्देश्य रहेको बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले बताउनुभयो ।

‘बचत संघहरुको ऐक्यवद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ’, अध्यक्ष सापकोटाले भन्नुभयो, ‘बागमती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरु प्रशस्त छन् । ती संस्थाहरुमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणको लागि मार्ग प्रशस्त गरौं भन्ने सोचका साथ यो समिटको आयोजना गरिएको हो ।’

समिटमा नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले 'कानून कार्यान्वयन र अभियन शुद्धीकरणका लागिः सहकारी एकीकरण र वर्गीकरण‘ विषयमा र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले 'सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ विषयमा कार्यपत्र प्रस्तुति गर्ने कार्यक्रम छ ।

यसैगरी, दक्ष जनशक्ति पलायन मुलुककै समस्या बनिरहेको समयमा सहकारीमा यसको प्रभाव कस्तो र कति देखिएको छ, कसरी जनशक्ति भित्राउने र उनीहरुलाई उत्प्रेरणा प्रदान गर्ने, सहकारी सुशासन प्रवर्धनमा प्रविधिमैत्री कारोबार, सहकारी सुदृढीकरणको आधार, सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणको विषय र यसका भावी जोखिम र कार्यान्वयन रणनीति आदि बारे पनि विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुतिसहित सहभागीहरुका जिज्ञासाहरु सम्बोधन गरिने  बागमती प्रोस्कूनले जनाएको छ । 

बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत संघ सह आयोजकको रुपमा रहेको छन् । त्यसैगरी बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, राष्ट्यिसहकारी विकास बोर्ड र नेफ्स्कूनको सहकार्यमा समिट हुन लागेको हो । समिटले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानमा समेत मार्ग प्रशस्त गर्ने दाहालले बताउनुभयो । बागमती प्रदेशमा करिब ८ हजार बचत तथा ऋण सहकारी संस्था छन् ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप