स्वस्थ्य साकोस सञ्चालनका लागि कोषको सही व्यवस्थापन आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्थ्य साकोस सञ्चालनका लागि कोषको सही व्यवस्थापन आवश्यक

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय गोंगबुको आयोजनामा आज कोष व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा २६ बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जनाको सहभागिता थियो। तालिममा कोषको परिचय, कोषहरूको महत्व र उपयोगिता, कोष परिचालन नीति, खर्च हुने र नहुने कोषहरू, सहकारी ऐन २०७४ र नियमावली २०७५ को ब्यवस्था अनुसार कोषहरु बाँडफाँड गर्ने तरिका, संस्थागत पुँजी, खुद संस्थागत पुँजी लगायतका बिषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रम समापनमा नेफ्स्कूनका सञ्चालक सदस्य सुशिल कुमार बस्न्यातले कोष संस्थाको मुटु भएको बताउँदै स्वस्थ्य संस्था सञ्चालनका लागि कोषको सही व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । समापनमा सहभागीहरुलाई उत्प्रेरणाका लागि नेफ्स्कून सञ्चालक देव कुमार श्रेष्ठको पनि उपस्थिति थियो। नेफ्स्कून तालिम अधिकृत श्याम राजा तिमिल्सिनाले सहजीकरण गर्नुभएको तालिमको व्यवस्थापन तथा सञ्चालन सहजीकरण नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालय प्रमुख राधा पौडेल सहित व्यवस्थापन कर्मचारीहरुबाट भएको थियो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप