बाँकेमा ऋण परामर्श तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाँकेमा ऋण परामर्श तालिम सम्पन्न

बाँके । नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेको आयोजनामा फागुन १४ गते १ दिवसीय  ‘ऋण परामर्श तालिम’ सम्पन्न भएको छ । तालिममा लुम्बिनी प्रदेशको बाँके, बर्दिया जिल्ला र कर्णाली प्रदेशको मुगु जिल्लाका २७ वटा संघ संस्थाहरुबाट  १३ महिलासहित कुल ३५ जनाको सहभागिता रहेको थियो ।

उक्त तालिम सुरुवातमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाँकेका अध्यक्ष प्रेम शाहले तालिम सफलताको शुभकामना दिदैं अहिलेको विषम परिस्थितिमा सहकारी संघ संस्थाले ऋणी सदस्यहरुलाई नियमित भेटघाट र ताकेता गरी खराब ऋण असुलीलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । आजको समयमा ऋण परामर्श तालिम एकदमै आवश्यक रहेको र यसले सहकारीको अवस्था सुधारमा सकारात्मक परिवर्तन ल्याउने आशा ब्यक्त गर्नुभयो ।

संघका बाँके सदस्य सेवा कार्यालय ईन्चार्ज छत्र प्रसाद धमलाले सहकारी संस्थामा अहिलेको अवस्थालाई लिएर संघ संस्थाहरुले ऋण लागनी पूर्वा ऋणीको योग्यता विश्लेषण गरी आवश्यक कागजातहरु तयार गरी सुरक्षित ऋण लगानी गनुपर्ने बताउदै संघको तर्फबाट स्वागत मन्तव्य राख्नु भएको थियो ।

तालिम सहजीकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठ तथा बाँके सदस्य सेवा कार्यालय इन्चार्ज छत्र प्रसाद धमलाले गर्नु भएको थियो । तालिमको संञ्चालन बाँके सदस्य सेवा कार्यालयका कार्यालय सहायक पुष्पराज तिमिल्सेनाले गनुभएको थियो । समय सान्दर्भिक तालिम आयोजना गरेर महत्वपूर्ण सिकाइ अवसर प्रदान गरेकोमा सहभागीहरुले संघलाई धन्यवाद दिदैं यस प्रकारका तालिम शिक्षाका कार्यहरुलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप