क्यूमेल्सको पाँचौं एपिसोडको विषयवस्तु 'सदस्य सुरक्षा'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
क्यूमेल्सको पाँचौं एपिसोडको विषयवस्तु 'सदस्य सुरक्षा'

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कूनं) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गतको पाँचौं एपिसोडमा वित्तीय सहकारीहरुमा सदस्य सुरक्षाको संगीन विषयमा सिकाइ हुने भएको छ । आउँदो मार्च १, २०२४ अर्थात् फागुन १८ मा ठीक ११ बजे आयोजना हुने उक्त भर्चुअल कार्यक्रममा यो पटक सदस्य सुरक्षाको विषयमा महत्वपूर्ण सिकाइ हुन लागेको हो । 

उक्त एपिसोडमा वित्तीय सहकारीहरुले सदस्य सुरक्षाका विषयमा के कस्ता काम कसरी गर्न सक्छन् भन्ने सन्दर्भमा इन्डोनेशियाको सफल वित्तीय सहकारी सावान सिवारुङका सल्लाहकार फादर फ्रेडीले प्रस्तुतिकरण गर्नुहुनेछ भने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले भ्यालु एड गर्नुहुनेछ । स्मरणीय छ, २००६ सालमा दक्षिणी सुलावेशी राज्यमा स्थापना भएको सावान सिवारुङले त्यहाँका ७ वटा जिल्लाभरका करिब ४८ हजार १ सय बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।

२०१७ मा एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गरेको सावान सिवारुङले २०१८ र २०१९ मा एक्सेस सिल्भर ब्राण्ड हासिल गर्न सफल भएको थियो भने सन् २०२३ मा एक्सेस् गोल्ड ब्राण्ड हासिल गरेको थियो । सावान सिवारुङ इन्डोनेसियाबाट एक्सेस ब्राण्ड प्राप्त गर्ने पहिलो क्रेडिट युनियन पनि हो । सदस्य सुरक्षाका क्षेत्रमा गरेका महत्वपूर्ण कामहरुका कारण सावान सिवारुङले इन्डोनेसियाली सरकार तथा अन्य विभिन्न निकायबाट समेत थुप्रै सम्मान पुरस्कार प्राप्त गरेको छ ।

नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले गत नोभेम्बरबाट क्यूमेल्स श्रृङ्खला सुरु गरेको हो । सहभागितात्मक विधिबाट सञ्चालन गरिने उक्त निःशुल्क कार्यक्रममा प्रश्नोत्तरका माध्यमबाट जिज्ञासाहरुको सम्बोधन समेत गरिनेछ । वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुलाई समसामयिक र नवीन विषयहरुमा अन्तर्राष्ट्रिय विज्ञहरुबाट व्यावहारिक समाधानसहितको सिकाइ  उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूनले पहिलो पटक यस किसिमको श्रृङ्खला सुरु गरेको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) गरिएको हो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप