प्रोस्कून लुम्बिनीको आयोजनामा वित्तीय जोखिम मापन र व्यवस्थापन सम्बन्धी तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोस्कून लुम्बिनीको आयोजनामा वित्तीय जोखिम मापन र व्यवस्थापन सम्बन्धी तालिम 

बुटवल । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(प्रोस्कून लुम्बिनी) को आयोजनामा ३ दिने “सहकारीमा वित्तिय जोखिम– मापन र ब्यवस्थापनका रणनीतिहरु” विषयक तालिम सम्पन्न भएको छ । रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तुका १८ सहकारीका ब्यवस्थापक एवं ऋण प्रमुखहरुको तालिममा सहभागिता थियो । फागुन १२, १३ र १४ गते बुटवलमा आयोजित तालिममा सहभागीहरुले मिहिन ढंगले आ–आफ्नो सहकारी संस्थाको वित्तीय विश्लेषण गरी जोखिमका क्षेत्र पहिचान र जोखिम निवारणका रणनीति र उपाय सम्भावनाबारे बारे छलफल गरेका थिए ।  

सहकारीका जोखिमका क्षेत्र पहिचान र त्यसको पूर्व रोकथाम तथा संस्थागत सजगता अपनाउदै संस्थाहरुलाई दीगो र कृयाशील बनाइ रहन यो तालिम उपयोगी हुने तालिममा सहभागी सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीले बताउनु भयो । सहकारीमा PEARLS को उपयोग भए पनि हालसम्म सतहि मात्र प्रयोग भइ रहेको अवस्थामा यस तालिमले PEARLS को भित्री मकसद र संस्थाको कारोबारको मसिना कुराहरु समेत केलाउन उपयोगी भएको ज्ञवालीको भनाइ छ ।

तालिममा सहभागी नमूना महिला बचत तथा ऋण सहकारी संस्था लि.का ब्यवस्थापक मञ्जु गोदारले तालिममा सिकेका कुरालाई ब्यवहारमा प्रयोग गर्दा संस्थाको वित्तिय स्वास्थ्यको सम्पूर्ण अवस्थाको बारेमा जानकारी प्राप्त हुने कुरा बताउनु भयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. पाल्पाका सहायक ब्यवस्थापक प्रविण न्यौपानेले यस तालिम पछि प्राप्त औजारहरुको उपयोग गर्दा संस्थाको यथार्थ चित्रण हुने बताउनु भएको छ ।

नेफ्स्कूनका पूर्व कोषाध्यक्ष तथा PEARLS विज्ञ केशवप्रसाद पोखरेलले प्रशिक्षण दिनु भएको तालिममा आरभ्भ सत्रमा प्रोस्कून लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपालले ३ दिने तालिमले सहभागीहरुलाई संस्था सञ्चालनका लागि उपयोगी औजार उपलब्ध गराउने दाबी गर्नुभयो । संघका शिक्षा समिति संयोजक भरत भूसालले तालिम केवल सुन्नका लागि नभइ प्रयोगात्मक रुपमा नै विश्लेषण गरेर सीप प्राप्त गर्न आयोजना गरिएको बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप