मोरङको कञ्चनजंघा साकोस एक्सेस कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको कञ्चनजंघा साकोस एक्सेस कार्यक्रममा आवद्ध

काठमाडौं । मोरङको रतुवामाई-९ भौडाहास्थित कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि.एक्सेस कार्यक्रममा आवद्ध भएको छ । साकोसको संस्थागत विकासलाई थप उचाइमा पुर्याउन एसियास्तरको गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागी हुने निर्णय गरेको संस्थाले जनाएको छ । 

एक्सेस कार्यक्रम एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनले २०६५ सालदेखि सञ्चालन गरेको सदस्य साकोसहरुको गुणस्तर सुनिश्चिता मापनसम्बन्धी एसियाली स्तरको प्रमाणीकरण तथा ब्राण्डिङ कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाइ तथा बृद्धि पक्ष गरी ४ फरक दृष्टिकोण अन्तर्गत संस्थाको गुणस्तर मापन गर्दछ ।

साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत तथा गैर-स्थलगत सहजीकरण सेवा उपलब्ध गराउँदै आएको छ । चारवटै दृष्टिकोणबाट संस्थाको गुणस्तर मापन परीक्षणमा सफल हुने साकोसहरुलाई अकूले एसियास्तरको गुणस्तर प्रमाणीकरण गर्दै आएको छ ।

साकोसको सञ्चालक समिति, व्यवस्थापन तथा नेफ्स्कूनका प्रतिनिधिहरुबीच आज भएको छलफलपछि एक्सेस स्तरीकरण कार्यक्रममा आवद्धताको सम्झौता भएको हो । सम्झौतापत्रमा साकोसका अध्यक्ष प्रकाश कार्की र नेफ्स्कूनका अनुगमन अधिकृत शौभाग्य भट्टराईले संस्थाका व्यवस्थापक युवराज सिग्देल तथा संघका व्यवसाय अधिकृत मुकेश दाहालको रोहवरमा हस्ताक्षर गर्नुभएको हो ।

सामुदायिक वित्तीय समाधानको लागि उत्कृष्ट व्यावसायिक सहकारीको परिकल्पना बोकेको कञ्चनजंघ साकोस २०५४ सालमा स्थापना भएको समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था हो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप